


पवन शाह
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट बखरी को टोलीले चार चरणमा ३ लाख ३७ हजार ५ सय चालिस रुपैया बराबरको भन्सार छली नेपाल ल्याईएको अवैध सामान कपडाहरु जफ़त गरी शुक्रवार भन्सार दाखिला गरेका छन ।
बिओपि बखरीमा भखरै कमाण्ड सम्भालेका सशस्त्र प्रहरी निरिक्षक दिल कुमार पन्तको नेतृत्वमा खटेको टोलीले भारतको जोगबनी बाट उखु बारीको जंगलको बाटो भएर लुकी छिपि नेपाल ल्याउदै गरेको भन्सार मुल्य एक लाख ३४ हजार चार सय रुपैया मुल्यांकन गरिएको उलन लेगिज र लेडिज सुरुवाल बरामद गरी भन्सार दाखिला गरेका हुन । त्यसैगरी बिओपि बखरी कै सशस्त्र प्रहरी नायब निरिक्षक बुद्धि तामाङ् को नेतृत्वमा खटेको टोलीले सोही एरिया बाट भन्सार मुल्य अनुसार पौष ८ गते ५० हजार ५ सय नब्बे रुपैया , पौष १० गते १९ हजार २ सय रुपैया र पौष १३ गते १ लाख ३३ हजार ३ सय ५० रुपैया बराबरको अवैध लता कपडा लगायत अन्य तस्करी गरी नेपाल ल्याईएको अवैध सामानहरु बरामद गरी भन्सार दाखिला गरेका हुन ।