सिम्रौनागढ़ सामाजिक संदेश

रानी जोगबनी नाका खुलाउन माँग गर्दै प्रधानमंत्रीलाई ज्ञापनपत्र

रानी जोगबनी नाका खुलाउन माँग गर्दै प्रधानमंत्रीलाई ज्ञापनपत्र

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / कोरोना महामारीको कारणले चैत्र १० गते देखि बन्द रहेको नेपाल भारत सिमाको कारणले गर्दा सिमावर्ति एरियामा बसोबास गर्ने धेरै परिवारहरुको अवस्था दयनिय हुदै गएको र सधै गरिआएको रोजगार बन्द भएपछी श्रम गरि परिवार पाल्ने बातावरण नरहेको हुनाले युथ युनिटी अफ नेपाल ले बन्द अवस्थामा रहेको नेपाली सिमा खुलाउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

लामो समय सम्म बन्दको मारमा परेर सरकार बाट कुनै सहियोग नपाएपछि बिराटनगर रानी भंसार नाका लामो समय सम्म बन्द रहदा यहा नेपाल भारत संग विभिन्न माध्यममा आश्रित रहेको श्रमिक, व्यवशाई र सर्वसाधारणहरु अत्यन्तै मारमा परेपछी युथ युनिटी अफ नेपाल ले जिल्ला प्रशासन कार्यालय मोरङ्ग मार्फत ज्ञापनपत्र बुझाएका हुन । सिमा बन्द हुदा सोझै प्रवाभ परेका सिटी सफ़ारी, अटो टेम्पु , जोगबनि बिराटनगर चल्ने मिनिबस टयाक्सी र होटल ब्यवसाय गरि जिविका चलाउनेहरुलाई परिवार पाल्न निकै समस्य भैइरहेको हो । सोहि कारणले पनि व्यवस्थित ढंग बाट सिमा नाका खुलाउनु पर्ने माँग सहित राजनीतिक दलका अगुवा तथा समाजसेवी राजेश गुप्ताको अगुवाईमा स्थानीय होटल व्यवसाई तथा टेक्सी, सिटी, टेम्पु चालकहरुको सहभागितामा ज्ञापनपत्र बुझाएको युथ युनिटी अफ नेपाल का उपाध्यक्ष हमिद आजादले बताएका हुन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.