सिम्रौनागढ़ सामाजिक संदेश

प्रदेश १ मा १८ कोरोना संक्रमित थपिए, ५७ जना डिस्चार्ज, ९० वर्षकि वृद्धाले गरिन कोरोनालाई परास्त

Pacharauta covid new -078
Holi Suvarn 078

विराटनगर, २१ साउन

। प्रदेश १ मा आज १८ जना कोरोना संक्रमित थपिएका छन् । मोरंङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको हो । मोरंगको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुष, उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।

Simraun gadh Covid New -078

आज प्रदेश १ मा ९० वर्षीया बृद्धा सहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको हो। विराटनगरबाट डिस्चार्ज भएकाहरुलाई सामाजिक विकास मन्त्री मा. जीवन घिमिरे, कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दास लगायतले विदाई गर्नुभएको थियो ।

आज डिस्चार्ज हुनेमा मोरंगका २६, झापाका १६, सुनसरी र इलामका ६–६, धनकुटा, उदयपुर र ते¥हथुमका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ ।

  1. प्रदेश १ मा आज ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।
Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.