सिम्रौनागढ़ सामाजिक संदेश

सशस्त्र प्रहरी द्वारा भारतीय रुपैया पक्राउ, भन्सार दाखिला भएन

सशस्त्र प्रहरी द्वारा भारतीय रुपैया पक्राउ, भन्सार दाखिला भएन

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / नेपालमा प्रतिबन्धित रहेको भरतिय रुपैया २००, ५०० र २००० को नोट नेपालमा न चल्ने भएपनि भारत बाट धेरै मात्रामा भारतीय नोट नेपाल भित्रिने गरेको छ । जस्को परिणाम स्वरुप नियमित चेक जाचको क्रममा पनि पटक पटक अवैध रुपमा ल्याईने नोटहरु बरामद भएकै छ ।

Simraun gadh Covid New -078

नेपाल भारत मुख्य सिमा अझै सिल रहेको कारणले खुला सिमावर्ति एरियाहरु बाट जथाभावी मान्छेहरुको आवत जावतले गर्दा दुई नम्बरी तथा तस्करी कालो बजारीगर्नेहरुको लागी अहिले सुनौलो अवशर को रुपमा प्रस्तुत भएका छन भने त्यही सिमामा खटिएका सुरक्षाकर्मिहरुले सामन्य चेक जाच को क्रम्मा पनि पत्याउनै नसकिने व्यक्तिहरुको साथ बाट पनि केही न केही प्रतिबन्धित सामग्री फ़ेला पारेकै हुन्छन । सोही क्रम्मा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानी बाट नियमित खुला सिमामा दरैया पोस्टमा खटेको टोलीले शुक्रवार दिउसो २:४५ बजेको समयमा भारत बाट आउदै गरेकी सुन्दर हरैचा नगरपालिका बिराटचोक घर बताउने वर्ष २२ की अन्जली कुमारी झाको साथ बाट नेपालमा प्रतिबन्ध लगाईएको भारतीय रुपैया ५ सय दरको नोट ७ सय थान र रु २ हजार दरको नोट ७४ थान गरी जम्मा रु ४ लाख ९८ हजार भारु रकम सहित नियन्त्रणमा लिएका छन । युवति झा संगै साथी आईरहेको बिराटनगर १५ को हुलास मेटल को लाईन क्वाटरमा बस्ने एक युवक वर्ष २६ को रन्जित चौधरीलाई समेत नियन्त्रणमा लीइ अनुसंधान गरी भन्सार दाखिला गर्ने प्रक्रियामा रहेको बिओपि रानी प्रमुख सप्रनी मौसम पोखरेलले बताउनु भयो ।

दिउसो २:४५ मा पक्राउ भैइ आएको र शुक्रवार ३:०० बजे सम्म भन्सार कार्यालय आधा दिन मात्र खुला रहेको हुनाले भन्सार दाखिला नभएको र आईतवार भन्सार कार्यालय खुलेपछी अवश्यक कार्यवाहीको लागी भन्सार दाखिला गर्ने पोखरेलले बताउनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.