सिम्रौनागढ़ सामाजिक संदेश

मान्छेको तसकरी गर्ने दुईजना नेपाली सहित भारतिय नागरिकहरु सशस्त्र प्रहरी द्वारा पक्राउ

मान्छेको तसकरी गर्ने दुईजना नेपाली सहित भारतिय नागरिकहरु सशस्त्र प्रहरी द्वारा पक्राउ

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / नेपाल भारत सिमा सिल रहेकै अवस्थामा खुला सिमाको फ़ाईदा उठाउदै गलत तरिका बाट नगद सकम लिएर नेपाल तर्फ़ मान्छे कटाउने दुई जना नेपाली सहित भारतिय नागरिकहरुलाई पक्राउ गरी प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएका छन ।

Simraun gadh Covid New -078

कोरोना कहरको बिच बुधवार बिहान बिराटनगर १६ मा पर्ने दक्षिण गेठ बाट प्रति व्यक्ति सय रुपैयाको दरले रकम लिएर गैरकानुनी रुपमा मान्छे नेपाल भित्रयाउने दुई जनाले ६ सय रुपैया लिएर ६ जना भारतीय नागरिकहरुलाई नेपाल ल्याई रहेको बेलामा ड्युटीमा खटेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनिको प्रहरी टोलीले पक्राउ गरी आवश्यक कार्वाहिको लागी इलाका प्रहरी कार्यालय रानीलाई जिम्मा लागाएको हो । पक्राउ परेका भारतिय नागरिकहरुलाई इलाका प्रहरी कार्यालय रानीले भारतिय सुरक्षाकर्मिलाई जिम्मा लागाई छाडेका छन भने यसरी अवैध तरिका बाट मान्छे भित्रयाउनेहरु विरुद्ध आवश्यक कार्वाही गरिने प्रहरीले बताएको छ ।

त्यसैगरी इश्लामपुरको बाटो भएर स्थानियलाई पैसा दीइ नेपाल प्रवेश गरेको १५ जना नेपालमा विभिन्न उध्योग तथा कारखानामा काम गर्न वेस्ट बंगाल बाट आएका भारतीय नागरिकहरुलाई प्रहरी चौकी मटियरुवाको सहियोगमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जोगबनिको टोलीले नियन्त्रणमा लीइ भरतिय सिमा सुरक्षा बल (एसएसबी ) लाई जिम्मा लगाएको हो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.