सिम्रौनागढ़ सामाजिक संदेश

समुदायमा संक्रमण फैलिनुको कारण निजि अस्पताल, सशस्त्र प्रहरीको गतिविधि कडा

समुदायमा संक्रमण फैलिनुको कारण निजि अस्पताल, सशस्त्र प्रहरीको गतिविधि कडा

Pacharauta covid new -078
Holi Suvarn 078

Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / श्रवन २३ , बिराटनगरमा कोरोना संक्रमण महामारीको रुपमा समुदाय स्तरमै भयावह रुपमा फ़ैलिन थालेपछी बिराटनगर महानगर पालिका नजिक को सिमावर्ति एरियामा सशस्त्र प्रहरीहरुले कडा तैनाथीका साथ निगरानी बढाएका छन ।

लुकि छिपि भारत बाट कोरोना संक्रमितहरु बिराटनगर आएर यहाका निजि अस्पतालहरुलाई आर्थिक प्रलोभनमा पारेर उपचार को निम्ति पुग्ने गरेको हुन सक्ने कारणले गर्दा बिराटनगर को समुदायमा संक्रमण फ़ैलिएको कुरा गाउ टोलमा चर्चाको बिषय बनेको छ । जहदा गाउ पालिका १ की वडा प्रतिनिधि लिला देवी सर्वरिया को सक्रियतामा आफ़्नो गाउ घरलाई यो महामारीबाट सुरक्षित राख्न जन चेतना फ़ैलाउदै आईरहेको छ। त्यसैगरी भारतमा अहिले दैनिक हजारौको संख्यामा कोरोना भाईरस संक्रमितको पोजेटिभ रिपोर्ट आईरहेको बेलामा उपचारकै निम्ति पनि नेपाल प्रवेश गर्न कसैले गलत प्रक्रिया वा गलत बाटो न अपनाउन भनि सशस्त्र प्रहरीले पनि सुरक्षा निगरानिमा थप कडाई गरेका छ्न ।
बिराटनगर महानगर पालिका को वडा नम्बर १८ नजिक रहेको जहदा गाउ पालिका १ भुटाहा र भेडियारी लगायतका खुला सिमामा खुला सिमा बाट कोहि पनि संक्रमित व्यक्ति लुकि छिपि नेपाल प्रवेश हुन सक्ने जोखिमलाई न्युनिकरण गर्न सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जहदा भुटाहा को सशस्त्र प्रहरी निरीक्षक सरोज अचार्यले शुक्रवार आफ़्नो कमांडमा खटिएको सशस्त्र प्रहरी सुरक्षाकर्मिहरुलाई विशेष निगरानि गर्न निर्देशन दिएका छ्न भने भारतको कुसमाहा बाट नेपाल प्रवेश गर्न सहज जस्तो देखिने भुटाहामा अनावश्यक ओहोर दोरोर गरेर खाध मल, तरकारी, चिनि, तेल जस्ता सामग्रीको निम्ति कुसमाहा जाने आउने स्थानियहरुलाई समेत त्यस्तो क्रियाकलाप नगर्न अनुरोध गरेका छ्न । शुक्रवार र मंगलवार कुसमहामा नियमित लाग्ने हटियामा समेत सर्वसाधारणहरुलाई नजान भन्दै त्यस्ता कुनै पनि बाहिरि र संकास्पद व्यक्ति सुरक्षाकर्मिहरुलाई छलेर गतिविधि गरेको संकालागे त्यहा सुरक्षामा खटेको सशस्त्र प्रहरीलाई तुरुन्त जानकारी गराउन स.प्र.नि. आचार्यले स्थानिय संग अनुरोध गर्दै सहकार्य गर्दै आईरहेका छन ।

जहदा गाउ पालिका भुटाहा , कुढेरिया, तरिगामा लगायत का ठाउहरुमा मोबाइल को नेट्वर्क पनि नरहने गरेको तथा रहे पनि न्युन रहेकोले महामारी सम्बन्धी जनचेतनामा कमि रहेको भुटाहाका स्थानिय उमेस यादबले बताएका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.