अनिल पान्डे, कलैया, बारा।
बिश्व कोरोनाको कहरले अस्तव्यस्त भईरहेकोबेला बारामा जिल्ला प्रशासन कार्यालयले यहि श्रावण १८ गतेदेखि बारा जिल्ला भरि अर्को सुचना नभएसम्म निषेधाज्ञा जारी गरिसकेको हुनाले जिल्ला भरिको अति आवश्यक काम बाहेक अरु सम्पुर्ण काम तथा कार्यालयहरु बन्द रहेकोबेला माहागढिमाई नगरपालिका बरियारपुरमा रहेको मिर्मिरे लघुबित बितिय सँस्थाले आफ्नो कार्यालय खोलि आफ्नो सँस्थाबाट कर्जा लिने सदस्यहरु लाई कर्जाको साँवा र ब्याज तिर्न कर गरिरहेका छन।
कर्जा लिने सदस्यहरुले जिल्ला भरि नै निषेधज्ञा चलिरहेको बेला अनि यस्तो कोरोनाको कहरमा आफुहरु लाई खानअप्ठ्यारो भैइ रहेकोबेला कहि कतैबाट पैसाको आम्दानि नभएको तथा बैदेशिक रोजगार बाट आउने पैसा समेत कमर्सियल बैँकहरु बन्द रहेकोबेला हामि कसरि किस्ता बरबरको रकम बुझाउन सक्छौ भनि एक सदस्यले गुनासो गरेका छन। मिर्मिरे लघुबितको कार्यालयमा बुझ्दा हाम्रो केन्द्रिय कार्यालयबाट यसो नगर्न तथा कार्यालय बन्द गर्न सुचना न आएकोले हामि कार्यालय सँचालन गरेकाछौ अरु सुचनासँग हामिलाई कुनै सरोकार छैन प्रतिक्रिया दिएका हुन।
देशको कानुन सबैकोलागि बराबर हुन्छ यस्तोबेलामा सबैलाई आफ्नो ज्यान जोगाउन धौ धौ भईरहेकोबेला मिर्मिरे लघुबितले आफ्नो नया कानुन बनाएर आफ्नो कर्मचारि लगायत सम्पुर्ण सदस्यहरुको जिवनसँग खेलवाड गर्नु कतिको जायज हो र यसलाई कर्वाहि गर्ने निकाय किन मौन बसेको छ भनि त्यँहाको स्थानियले प्रश्न गरेकाछन।
सभार cinnepal.com