सिम्रौनागढ़ सामाजिक संदेश

रानि नाका व्यवस्थित तरिकाले खुलाउन माँग गर्दै सिमामा प्रदर्शन

रानि नाका व्यवस्थित तरिकाले खुलाउन माँग गर्दै सिमामा प्रदर्शन

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / युथ युनिटि अफ नेपाल द्वारा बिराटनगर रानी मुख्य नाका व्यवस्थित तरिकाले खोल्न मांग गर्दै रानी भन्सार नाकामा बिरोध प्रदर्शन गरेका छन्।

Simraun gadh Covid New -078

कोरोना माहामारीले गर्दा सबै तिर अधिकांश जनताहरुको जनजिवन प्रभावित भएपछी केहि महिना देखि अन्य सबै तिरको जनजिवन सहज भएपनि सिमावर्ति एरियामा बसोबास गर्ने होटल व्यवशाई, मिनिबस चालक – सहचालक , रिक्सा, सिटि रिक्सा, अटो – ट्याम्पु तथा सिमावर्ति एरियामा भएको पसलहरुमा कामगर्नेहरुले रोजगार नभएपछी परिवार पाल्न दैनिकि जनजिवन झन झनै कष्टकर भैइरहेको हुनाले युथ युनिटि अफ नेपालले सिमा खुलाउन माग सहित रानि नाकामा प्रदर्शन गरेका हुन ।

होटल व्यवसायी , मिनिबस चालक – सहचालक , रिक्सा, सिटि रिक्सा, अटो – ट्याम्पु मजदुर तथा स्थानिय राजनितिक कर्मि अगुवाहरुको सहभागीता रहेको उक्त बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै युथ युनिटि अफ नेपाल उपाध्यक्ष मो हमिद आजादले खुला सिमा भएका कारण दैनिक हजारौको संख्यामा मान्छेहरु अवैध तरिकाबाट खुला नाकाको फ़ायदा उठाउदै आउने जाने गरिनै रहेको अवस्थामा रानि भन्सार कार्यालयको मुख्य नाका व्यवस्थित तरिकाले खुला गर्दा सबैको जनजिवन सहज हुनेथियो भनि नाका खुलाउन माँग गरेका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.