सिम्रौनागढ़ सामाजिक संदेश

सशस्त्र बेस क्याम्पको नवनिर्मित भवन हस्तान्तरण

Pacharauta covid new -078
Holi Suvarn 078
सशस्त्र बेस क्याम्पको नवनिर्मित भवन हस्तान्तरण
अनिल पाण्डेय
कलैया बारा
 बाराको महागढीमाई  नगरपालिका  २ स्थित रहेको सशस्त्र  प्रहरी  बल नेपाल सिमा सुरक्षा बेस बरियारपुरको नवनिर्मित  भवन बुधबार  एक कार्यक्रमको  बिच हस्तान्तरण  गरिएको  छ ।  माहागढिमाई नगरपालिकाको नगर प्रमुख  उपेन्द्र  प्रसाद यादवको प्रमुख  अथितिमा  सुरक्षा बेस क्याम्प भवनको लोकार्पण गरि सांचो सशस्त्र प्रहरी  बल १२ नम्बर  गणको गणपति  रबिन राज कर्णजितलाई हस्तान्तरण  गर्नु भएको हो ।
Simraun gadh Covid New -078
महागढीमाई नगरपालिकाको आर्थिक संहयोगमा करिब २८ लाखको लागतमा   नवनिर्मित  भवनमा पांच कोठा , ग्यारेज रुम , तीन वटा शौचालय तीन वटा  पोष्ट  रहेका छन ।  हुलाकी राजमार्ग संगै जोडिएको  सडकछेउमा स्थापना  गरिएको  सशस्त्र प्रहरी  बल भवनको  लोकार्पण गर्दै नगर प्रमुख  यादवले शान्ति  सुरक्षामा सशस्त्र प्रहरी बलको भुमिका  पनि सराहनीय रहेको बताउनु भयो ।  सशस्त्र प्रहरीको बेस क्याम्प स्थापनाको लागि आफुले सार्वजनिक जग्गा बेस क्याम्पको नाममा दर्ता गरि   नवनिर्मित  भवनको स्थापना भएपछि  गढीमाई मन्दिर , पसाहा चेक प्वाइन्ट , हुलाकी राजमार्गमा हुने क्रियाकलापमा सेवा पुग्न सक्ने हिसाबले बेस क्याम्पको स्थापना  गरिएको यादवले बताए ।
 लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै  बिशिस्ट अतिथी प्रमुख  जिल्ला  अधिकारी दिपक राज नेपालले बिश्व प्रसिद्ध   गढीमाई मेलाको नामले परिचित  यस भेगमा शान्ति  सुरक्षाको लागि नेपाल  प्रहरी  ,सशस्त्र  प्रहरी  बलको  आवश्यकता  नितान्त जरुरी रहेको बताउनु भयो ।  समाजमा  हुने गरेको अपराधिक क्रियाकलाप नियन्त्रणमा  सशस्त्र प्रहरी बलले सधै चनाखो भएर अगाडि बढन निगरानी गर्न वहाँले बताउनु भयो ।  त्यसैगरी  सोही कार्यक्रममा सहभागी हुनु भएको  बाराको प्रहरी  प्रमुख  कृष्ण  पंगेनिले आम जनताको अमन  ,शान्ति  सुरक्षाको लागि अहोरात्र खटने नेपाल  प्रहरी  ,सशस्त्र  प्रहरी  बललाई  आम नागरिकले बिना बर्दिको प्रहरी  जस्तै सहयोग गर्नु पर्नेमा जोड दिनु भयो ।  नेपाल प्रहरीको लागि पनि महागढीमाईमा आफ्नै भवन निर्माण गर्नुपर्ने  आवश्यकता  रहेको हुदा प्रहरी  प्रमुख  पंगेनिले नगर प्रमुख  यादवलाई ध्यानाकर्षण  गराउनु भएको थियो ।
सशस्त्र प्रहरी  बल नेपालको भवन हस्तान्तरण कार्यक्रम वडा अध्यक्ष  बिरेन्द्र राउतको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा सशस्त्र प्रहरी बेस बरियारपुरको ईन्चार्ज ईन्सपेक्टर प्रकास पाण्डे लगायत सशस्त्र प्रहरी टोलि सहित  स्थानीय  जनप्रतिनिधिको सहभागिता रहेको  थियो ।

 

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.