google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

चुनावी मैदानमा जसपा अध्यक्ष यादवको चुनौती प्रतिको समाधान

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

बरियारपुर (बारा) – बाराको निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी तातेको छ । वैशाखको चर्को घाममा पनि उम्मेदवारहरु मतदाता रिझाउन चुनावी अभियानमा व्यस्त छन् । चुनावी मैदानमा रहेका उम्मेदवाहरुमध्ये उपेन्द्र यादव भने फरक शैलीबाट ‘जनता दर्शन’ कार्यक्रमलाई अगाडि बढाउनुभएको छ । वहाँको चुनावी अभियानमा नत कुनै तडकभडक छ नत झुठा आश्वासन न नै ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

अन्य केही उम्मेदवारहरुले राजनीतिक आचरणलाई समेत धज्जी उडाउँदै भ्रामक भाषणवाजी गर्दै आएका छन् । तर वहाँले कसैको विरोध गर्नुहुन्न । वहाँ संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र बाराको मुहार फेर्नका लागि आफुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गर्नुभएको छ । वहाँ बढी बोल्नु र ठूलाठूला बाचा गर्नु भन्दा पनि काममा विश्वास गर्ने नेता हुनुहुन्छ ।

वहाँकै नेतृत्वमा भएको मधेश विद्रोह, आरक्षणको सुनिश्चितता, ३१ लाख जनतालाई नागरिकता वितरण, पहिचानको आधारमा मधेश प्रदेशको नामांकरण, सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा जिल्लाको कायापलट हुने गरी दर्जनौं कार्यहरु गर्नुभएको छ । सप्तरीमा वहाँले गर्नुभएको जतिको उल्लेखनीय कार्यहरु हालसम्म कुनै पनि मन्त्री वा सांसदले गर्न सकेको छैन ।

प्रस्तुत छ बारा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरिएको कुराकानीको अंश …

बारा–२ मा वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ र लगभग घरदैलो पनि अन्तिम चरणमा नै होला । यहाँका भौतिक र मानवीय विकासको अवस्था कस्तो पाउनुभयो?

अब केही विकास त भएको छ । यो क्षेत्रमा, यो जिल्लामा तर अझैं पनि गाउँमा सडकको हालत अत्यन्तै खराव छ । बाटोघाटोको अभाव छ । मानिसहरु स्वस्थ जीवन विताउनका लागि शुद्ध र स्वस्थकर खानेपानीको अभाव छ । अहिले पनि विद्यालयहरुमा पठनपाठन र स्तरीय शिक्षाको अभाव छ । हेल्थपोष्टहरु ठाउँ–ठाउँमा देखिन्छ, सानो सानो अस्पतालहरु देखिन्छ तर उपचारको अभाव छ ।

अत्यन्त मलिलो र राम्रो खेत छ तर सिंचाई र मलखादको अभाव छ । मानिसहरु अत्यन्त शालिन र मिहिनेती छन् तर घरवार विहीनको ठुलो संख्या छन् । व्यवस्थित बसोबासको अभाव छ । यहाँका मानिसहरु कारोबार अलि–अलि गर्छन् तर साहु महाजनको ऋणबाट पीडित भएका गरिबहरुको ठुलो संख्या रहेको छ ।

मोटामोटी हेर्दाखेरी गाउँ, यो क्षेत्रमा धेरै गर्नुपर्ने छ । शिक्षा, स्वास्थ्य, सिंचाई, खानेपानी, सडक बाटो लगायतका धेरै कामहरु गर्नुपर्ने छ – यो गाउँ, क्षेत्र, जिल्ला, प्रदेश र यो मुलुकलाई अगाडि बढाउन ।

समस्याहरू यावत छन् वा के पाउनुभयो ? यो परिस्थितिमा यहाँ उपनिर्वाचन हुन गइरहेको छ र यसमा तपाई होमिनुभयो । अब तपाईको चुनावी एजेण्डा बुँदागत रुपमा केलाउनु पर्दाखेरी के के हुन ?

पहिलो राजनीतिक एजेण्डा भनेको लोकतन्त्रलाई संस्थागत गर्ने, संघीय गणतन्त्रलाई बलियो बनाउने, समावेशिकरणलाई अगाडी बढाउने र सताब्दीयौंदेखि रहेका मधेशी, आदीवासी, जनजाति, दलित, पिछडावर्ग, थारु, मुस्लिम, अल्पसंख्यक समुदायहरुमाथिको जुन विभेद र असमानता छन्, त्यसलाई अन्त्य गर्ने हो ।

दोस्रो एजेण्डा भनेको आर्थिक विकास हो । सुशासन, विकास र समृद्धिको बाटोमा लैजाने र तेस्रो एजेण्डा भनेको चैं पिछडिएको वा पछाडि पारिएको, पछ्यौटे जीवनमा बाँचेको समाजलाई अलिकति उन्नतिशिल, विकसित समाजमा रुपमान्तरण गर्ने हो ।

समस्याहरु नै केलाइरहँदा खेरी यहाँका आम जनताको विश्वास जित्न सजिलो पाउनुभो कि गाह्रो ?
जनताको विश्वास जित्नै पर्दैन् । जनताले नै विश्वास गरिराख्नुभएको छ । जहाँ गयो त्यहाँ जनताको अपार विश्वास पाइराख्या छु ।

जित्नु हुन्छ ?

त्यसमा कुनै शंका र ?

चुनौतिको पाटोमा जाँदाखेरी प्रतिद्वन्दी कसलाई हेर्नुहुन्छ ?

गरिबी, बेरोजगारी, अभावग्रस्त, विपन्न वर्गका जनताहरु, जो अभावै अभावले बाँच्या छन् । ती अभावलाई अन्त्य गर्न ठुलो चुनौति छ ।

यो क्षेत्रमा पछिल्लो समय जातीय प्रोपगण्डा पनि राजनीतिकरण गरियो, त्यसमा तपाईको भनाई ?

त्यो त लोकतन्त्र विरोधी शक्तिहरु मधेशलाई जातजातिमा बाँडेर एक जातलाई अर्को जातको विरुद्ध लडाएर, एउटा जातलाई अर्को जातको विरुद्ध घृणा फैलाउने कार्य गरेर यो समाजलाई कमजोर पार्ने जुन असामाजिक राजनीतिक चिन्तन छन्, तिनका उपजहरु कतै–कतै देखापर्छन् । जब मानिसहरु राजनीतिमा सिद्धान्त र विचार हुँदैन, त्यसबाट च्यूत भइसक्या हुन्छ अनि मानसिकतामा विकृति र विसङ्गति भर्याहुन्छ । तिनलाई जातपातको नारा लगाउने बाहेक अरु उपाय हुन्छ र ?

तपाई जित्नुभयो भने अबको बारा कस्तो हेर्न चाह्नुहुन्छ ?

मेरो परिश्रम, समय र वुद्धि–विवेकले भ्याएसम्म यहाँको विकास निर्माणतर्फ नै ध्यान रहन्छ ।

अन्त्यमा, यहाँका आम जनता र मतदातालाई के भन्न चाह्नुहुन्छ ?

अब पाएको अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुरक्षा गरौं, लोकतन्त्रलाई जोगाउँ र सुशासन, विकास तथा गरिबी बेरोजगारीबाट मुक्ति पाउने बाटोतर्फ अगाडि लागौं ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0