कलैया, बारा।
नागरिक उन्मुक्ति पार्टी पनि दौडमा अगाडी हुँदै गएको डा. कमरुल्लाह अंसारीले बताएका छन्। मधेशी नागरिक सदियौ देखिको विभेदका सिकार बन्दै गएकोले अब नागरिक उन्मुक्ति पार्टी लाई नै यो क्षेत्रका जनताको विकास तथा विकास निर्माणका लागि चाहिने नियम कानुनको व्यवस्थापन गर्न लाई राज्य संग संबोधन गराउन संसद भवनमा अवाज उठाई नियमन गराउने डा. अंसारीले बताए।
डा. अंसारीका अनुसार बरा क्षेत्र न.२का जनता सचेत र आदर्श रहेकोले आफ्नो जिल्ला वासीलाई नै मतदान गरी आफ्नो क्षेत्रको विकासको अभिभारा बोक्ने मान्सिक्तामा रहेको बताए। बिगतको सबै व्यवहार जनताले देखेर हामी सचेत रहेका छौ, किनकि बारम्बार सरकारमा बसे पनि रेशम चौधरीको रिहाई वारे कुनै पार्टीले अवाज नउठाई आ-आफ्नो गोजिको स्वार्थमा मात्र लिप्त रहि जनता लाई मुर्ख मात्र बनाउने बाहेक अरुकेही कुरा नगरेको आरोप लगाए।
त्यस कारण जनता लाई जति खुवाए वा पैसा बाडे पनि जनताले अरु पार्टी बाट लिएर पनि निश्पक्ष र निस्वार्थ रूपमा नागरिक उन्मुक्ति पार्टीका चुनाव चिन्ह मुजेली छापम मतदान गर्ने डा. अंसारीले बताए। करैयामाई गाउँपालिकाकामा घरदैलो कार्यक्रम गर्ने क्रममा मतदाताहरुको भनाइ रहेको डा. अंसारीले बताए।