सिम्रौनागढ़ सामाजिक संदेश

कबहिमा बिदेशि नागरिकले मदिरा खाई झगडा गरेकोमा पैसाको लेनदेनमा दोषी छुटाईयो 

Pacharauta covid new -078
Holi Suvarn 078
कबहिमा बिदेशि नागरिकले मदिरा खाई झगडा गरेकोमा पैसाको लेनदेनमा दोषी छुटाईयो 
अनिल पाण्डेय
कलैया बारा
नेपालमा देशको नागरिकले मदिरा खाई सवारी साधन चलाएमा वा झै झगडा गरेमा कानुन बमोजिम कर्वाहि हुन्छ। ‌नेपाल प्र​ह​रीले मदिरा सेवन गरेको ब्यक्ति फेला परेको समयमा रात भरी हिरासतमा राखि भोलि पल्ट जरिबाना तिराई आफन्तको जिमा लगाउने गरिन्छ त्यो पनि तारेख दिएर ।
बाराको सुवर्ण गाउँपालिका कबहि गोढमा रहेको इलाका प्र​ह​री कार्यालयले असोज २५ गते राती भारतको मोतिहारी बस्ने नितेश कुमार सिंह र रिसभ कुमार पाण्डेयले सिमानाको सन्तगँजमा रहेको मदिरा होटलमा मदिरा सेवन गरी झै झगडा गरेका थिए।    इप्र​का कबहिले उनिहरुलाई सोहि राति नै रु एक लाख को बार्गेनिङ्गमा छोडिएको जनमानसमा हल्ला नै फैलिएको छ । ति दुबै जनालाई सुवर्ण गा पा वार्ड नम्बर ३  सर्न्तगँज बस्ने रबिन्द्र​ कुमार पंडितलाई जिम्मा लगाई छोडिएको थियो। पंडितले मदिरा सेबन गरेको भारतिय नागरिकसँग पैसाको बार्गेनिङ्ग गरी रु एक लाखमा सेटलमेन्ट गरी रु तिस हजार  इप्र​का कबहिको ईन्चार्ज सई बिरेन्द्र​ गिरी लाई दिईएको र रु पाच हजार हव्लदार लाई दिई छोडिएको स्थानियहरु बताएका छन।
इप्र​का कबहिको सई बिरेन्द्र​ गिरिसँग कुरा बुझ्दा ति भारतियहरु  एमबिबियस बिधार्थि रहेको र उनिहरुको आईडि कार्ड हेरेको हुनाले भारतको कटगेनवाको मुखिया लालबाबुले फोन गरेकोले छोडिएको हो। यसमा कुनै किसिमको लेनदेन नभएको तर बजार तिर यहि हल्ला भएको कुरा बताउनुभएको छ।
Simraun gadh Covid New -078
इप्र​का कबहिको असई राजकुमार ठाकुर सँग कुरा गर्दा मेरो डियुटि थिएन सई साहेबको नै डियुटि थियो।उहाँले नै समात्नु भएको थियो र उहाँले नै छोडिदिनु भएकोले त्यसबारे मलाई कुनै किसिमको जानकारी नभएको बताउनुभएको हो।
मुखियाको फोन र रामअयोध्या जि फोन आएपछि ति मान्छेलाई मैले जिम्मा लिएको हो र दस बिस हजार इप्र​कामा खर्चबापत दिईएको हो रविन्द्र पंडितले बताए । यसबारे कवहि होस्पिटलको स​तेन्द्र​ यादवसँग बुझ्नु उहालाई सबै कुरा जानकारी रहेको जिम्मा लिने र​बिन्द्र​ कुमार पंडितले बताएका छन।
कवहि होस्पिटलको स​तेन्द्र​ यादवसँग कुरा गर्दा ति भारतिय औषधिको सेल्सम्यान ( एमआर ) हुन उनिहरु औषधि दिन आईरहेको हुनाले इप्र​का कबहिको सई साहेबले फोन गर्नु भयो। उहाँहरु तपाईको होस्पिटलमा आएकोले आउनु भनेपछि त्यहा गई उनिहरुलाई जिम्मा लगाई छोडाएको हो। उनिहरुको बाईक त्यसको भोलिपल्ट छोडिएको हो।
यसरी नै भारतियलाई छोडि दिनु। सई गिरीको , हस्पिटलको यादव र असई ठाकुरको कुरा बिभिन्न किसिमको आउनु आफैमा शँकास्पद देखिन्छ। र सिमा नाकामा खल्लेयाम मदिरा भट्टी सँचालित रहेको कुरा
प्र​ष्ट​ बुझिएको छैन भनि स्थानियहरुले प्र​श्न गरेका छन। सिमानामा मदिराभठ्ठी सञ्चालन रहेको र भारतियहरू दिन्हु आएर सेवन गरि जाने गरेको कुरा जिल्ला देखि प्रदेश सम्मका निकायलाई थाह भईएकै हो तर मौन रहनु आफैमा शंकास्पद रहेको स्थानियहरूको आरोप रहेको छ ।

 

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.