जनमत पार्टी द्वारा शुभकामना आदान प्रदान



वीरगंज ०७ असोज
जनमत पार्टी जिल्ला कमिटीले आज एक समारोहको बिच बडा दशैं, दिपालवली तथा छठको शुभकामना वीरगंज महानगरपालिका जिल्ला सह–ईन्चार्ज राहुल रौनियारको अध्यक्षतामा सम्पन्न गरेको छ ।
सो शुभकामना आदान प्रदान कार्यक्रममा जनमत पार्टी महिला संघको अध्यक्ष अनिता रौनियारको विशेष उपस्थितीमा रहेको थियो भने महिला संघकी उपाध्यक्ष सबो खातुन, सदस्य नजमा खातुन जगरनाथपुर वडा नंं. २ को संयोजक सुजित रौनियार, सह–संयोजक रन्जन कर्ण, वीरगंज वडा नं. १६ का संयोजक निकेश महतो, बिन्दवासिनी गाउँपालिका वडा नं. २ का संयोजक रन्जित प्रसाद चौहान, सदस्यहरु मुकेश पटेल, रामनरेश पटेल, ओम प्रकाश गुप्ता, विनय यादव लगायतका सहभागीता रहेको थियो ।
सो कार्यक्रममा शुभकामना आदान प्रदान साथै पार्टीको निति, निर्देशन बारे छलफल तथा सुझाव सहित आ–आफ्नो मन्तव्य राखेका थियो ।