बाराको कलैयामा सहयात्रा परियोजनाको पालिकासंग छलफल तथा समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा परियोजना सञ्चालन भएको विद्यालयमा गणित बिषयमा ३२.९ प्रतिशत बढी बालबालिकामा पढने उपलब्धि भएको मापन गरिएको जानकारीगराईएको छ ।
कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाका पाच – पाच वटा विद्यालयमा सहयात्रा परियोजना मार्फत पढनपाठनमा रुचि बढाउने कार्य गरेको छ । कलैया उपमहानगरपालिकाको अमर मावि दोहरी , नेरामावि मनहर्वा , दुर्गा नमुना मावि बरेवा , नेरामावि मटिअर्वा र नेरामावि बसतपुरमा परियोजनाले बालबालिकाहरूलाई पढाईमा सहजता प्रदान गर्न खेलकुद , नाटक , दिव्य समाग्रीहरूको माध्यमबाट पठनपाठनमा सहयोग पु-याउने काम गरेको बैठकमा जनकारी गराएको थियो ।
जनगागरण युवा क्लवका अध्यक्ष भैयाराम यादवको सभापतित्वमा भएको पालिकाकासँग छलफल तथा समन्व बैठक सहयात्रा परियोजनाको समीक्षा सहितको अगामी कार्यक्रमको योजना कलैयाको दरवार होटलमा कलैया उपमहानगरपालिकाका मेयर विनोद साहको प्रमुख अतिथीत्यमा सम्पन्न भएको छ ।
बैठकमा परियोजना लागू विद्यालयका प्रधानाध्यापकहरू अभिभावक पालिकाका सरोकावाला कर्मचारीहरूको सहभागिता रहेको थियो । सहयात्रा परियोजनाको प्रबन्धक मनोज यादवले वितेको वर्षको प्रगति र अगामी कार्य योजना प्रस्तुत गरेको थियो । बैठकमा जनजागरण युवा क्वलका उपाध्यक्ष राजदेव साहले गरेको स्वागतमा नरेश साहले कार्यक्रम संचालन गरेको VSO का भरत सहनी र देवी न्यौपानेको सहभागिता रहेको थियो ।