सिम्रौनागढ़ सामाजिक संदेश

९ के.जी लागु औषध चरेस सहित मानिस पक्राउ

Pacharauta covid new -078
Holi Suvarn 078
९ के.जी लागु औषध चरेस सहित मानिस पक्राउ
अनिल पाण्डेय
बिरगँज पर्सा
Simraun gadh Covid New -078
बिशेष सूचनाको आधारमा आज जिल्ला प्रहरी कार्यालय पर्साले ९ के.जी.२० ग्राम लागु औषध चरेस सहित एक जना मानिस पक्राउ गरीएको जानकारी प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले दिएका छन।
 जिल्ला पर्सा बहुदरमाई नगरपालिका वडा नम्बर ७ बिश्रामपुर बस्ने बर्ष ६० को मुसलीम देवानले लागु औषध चरेश बिक्री वितरण गर्ने उद्देश्यले  घरमा लुकाई छिपाई राखेको छ अवस्थामा फेला पारीएको थियो।
जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले मुसलीम देवानको घरको  खानतलासी गर्दा घरको कोठा भित्र रहेको खाट मुनी लुकाई छिपाई राखिएको ५०० ग्रामको १२ पोका र २५० ग्रामको १२ पोका गरी जम्मा लागु औषध चरेश ९ के.जी.२० ग्राम चरेश र चरेश बनाउने लासा ९२० ग्राम साथै चरेश पेल्ने मेसिन ३ थान फेला परेको थियो।
मुसलीम देवानलाई बरामद भएको लागु औषध चरेश सहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइ  आवश्यक अनुसन्धान कार्य भईरहेको पनि प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिएका छन।

 

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.