इश्लामपुर बाट औषधि जन्य उत्पादन बरामद

इश्लामपुर बाट औषधि जन्य उत्पादन बरामद

0

मन्दिप साह
बिराटनगर / चोरी लुकी गलत बाटो भएर भारत बाट नेपाल तर्फ़ औषधि जन्य प्रदार्थ लीइ प्रवेश गरेको एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिई सामन जफ़त गरेको छ ।

सोमवार बिहान ९:३० बजेको समयमा इश्लामपुर को बाटो भएर एकजना भारतीय नागरिक नेपाल तर्फ़ आउदै गर्दाको अवस्थामा त्यहा सुरक्षामा खटेको सशस्त्र प्रहरीले रोकेर चेक जाच गर्दा भारतमा निर्मित पतन्जली आयुर्वेधिक को औषधि जन्य केही उत्पादनहरु फ़ेला पारी नियन्त्रणमा लिएको छ । नेपालमा दर्ता भएकै उत्पादनहरु भएकोले उक्त ल्याउने मान्छेलाई भारत तर्फ़ नै पठाई उत्पादनहरु अवैध तरिकाले ल्याएको हुनाले जफ़त गरेको हो ।

Leave a Reply