सिम्रौनागढ़ सामाजिक संदेश

कागजमा मात्र सिमा खुला, व्यवहारमा रानी नाका अझै सिल

कागजमा मात्र सिमा खुला, व्यवहारमा रानी नाका अझै सिल

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / कोरोना महामारीको कारणले बन्द भएको नेपाली संग टासिएको छिमेकी रास्ट्र संगको सिमा खुलाउन गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन सर्कुलर पठाईसकेको भएपनि नेपाल भारत सिमा अन्तर्गत पर्ने मोरङ्गको रानी-जोगबनी नाका आज शनिवार सम्म पनि अझै सुचारु भएको छैन ।

Simraun gadh Covid New -078

मन्त्रिपरिषद् निर्णयका आधारमा बिहीबार जिल्ला प्रशासन कार्यालयलाई नाका खुलाउन निर्देशन दिएको हो । यसअघि १४ नाका खोलिएकामा माघ ११ गतेको मन्त्रिपरिषद्ले थप १६ नाका खुलाउने निर्णय लिएको हो । भारततर्फका धेरै नाका बन्द हुँदा सीमाका नेपालीले घरायसी सामान खरिद, नातागोता भेटघाट र खेतीपातीका लागि समेत सहजै ओहोरदोहोर गर्न नपाएको गुनासो गर्दै आएका थिए । सीमा नाका खुला गर्न माग गर्दै विभिन्न सीमा नाकामा स्थानीयले आन्दोलन समेत गरेका थिए ।

गृहको निर्देशनसँगै कागजि रुपमा इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, खजुरगाछी, मोरङको रानी , सिरहाको माडर, रौतहटको गौर, बंकुल, पर्साको वीरगञ्ज, रसुवाको रसुवागढी, कपिलवस्तुको कृष्णनगर, रुपन्देहिको बेलहिया, तौलिहवा, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाकाृ खलंगारपुलाघाट, बैतडीको झुलाघाट, सुनसरीको भन्टाबारी, सप्तरीको कुनौली, धनुषाको जटही, इनर्वा, महोत्तरीको भिट्टामोड, सर्लाहीको मलंगवा, बाराको मटिअर्वा, सिम्रौनगढ, पूवी नवलपरासीको त्रिवेणी, पश्चिम नवलपरासीकाृ महेशपुर, दाङको कोइलाबास, बर्दियाको सुरजपुर र सिन्धुपाल्चोकको तातोपानी नाका खुला गरिएको हो । सोही क्रम्मा मोरङ्गको पनि रानी नाका कागजी रुपमा मात्रै खुला भएर व्यवहारमा नाका अझै सिल रहेको हुनाले शुक्रवार देखीनै आवश्यक प्रयोजनको लागी भारत जान आउन नेपाली नागरिकहरुको बाक्लो चहल पहल बढेपनि कोहि मुख्य नाका भएर भारत जान र आउन पाएका छैनन । अहिले पनि उक्त सर्वसाधारण नेपाली नागरिकहरु भारतको जोगबनी आवत जावत गर्न बिकल्पको अवैध बाटोहरु रोजनुपर्ने बाध्यता भएको सर्वसाधारणहरु बताउछन ।

लामो समयदेखी नेपाल भारत सिमा खुल्ने प्रतीक्षामा रहेका नेपाली नागरिकहरु सरकारले नाका खुला गरेपनी सुरक्षाकर्मीले आवत जावत गर्न नदिएपछी अहिले भारतको जोगबनि जान रानी नाका आउनेहरुको चापलाई सम्झाई बुझाई फ़र्काउने क्रम्मै पनि त्यहा खटेको सुरक्षाकर्मीहरुलाई हम्मे हम्मे परेको देखन सकिन्छ । सरकारले निर्देशन दिनु र सम्बन्धीत प्रशासन कार्यलय बाट कार्यनयन नहुनु चोक चोकमा चर्चाको विषय बनेको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.