सिम्रौनागढ़ सामाजिक संदेश

बिराटनगरमा ट्राफिक प्रहरीहरु कमाउ धन्दामा, विभिन्न बहानामा आफ्नो गोजि भर्दै

बिराटनगरमा ट्राफिक प्रहरीहरु कमाउ धन्दामा, विभिन्न बहानामा आफ्नो गोजि भर्दै

Pacharauta covid new -078
Holi Suvarn 078

बिराटनगर / चाड पर्वको अवशरमा जिल्ला ट्राफ़िक प्रहरी कार्यालय मोरङ्गको ट्राफिक प्रहरी टिमले ट्राफिक चेक जाचको नाममा लाईसेन्स र बिलबुक हुदापनि विभिन्न बहानामा रकम असुलदै गरेका छन ।

Simraun gadh Covid New -078

सवारी चालक अनुमति पत्र र बिलबुक हुदा हुदै पनि न मापसे न त कुनै ट्राफिक नियम उलंघन नै गरेको मास्क र जुत्ता दुरुस्तै हुदा पनि ट्राफिक प्रहरीहरुले सर्वसाधारणहरुलाई दुख: दिन पछी पर्दैनन । ट्राफिक प्रहरीहरुले चेक जाच को क्रममा सवारीचालकहरु संग सवारी चालक अनुमति पत्र र बिलबुक मागदा प्रय मान्छेहरुले आफ़ु संग रहेको कागजात सवारी चालक अनुमति पत्र र बिलबुक पर्समा राख्ने हुनाले चेक जाचको क्रममा उक्त कागजात देखाउनुपर्दा हुदा ट्राफिक प्रहरीहरुको आखा सोझै व्यक्तिको पर्समा पुग्छन र केही आर्थिक लाभको निम्ति दुख: दिन सुरु गर्छन । ट्राफिक प्रहरीहरुले दिने हैरानि बाट जोगिन सबै कागजातहरु चुस्त दुरुस्त हुदापनि ट्राफिक प्रहरीलाई लुकाएर हाथमा सय दुई सय रुपैया हालिदिएपछी सबै कागज पत्र मिल्नेगरेको छ ।

सोहि क्रममा सोमवार साझ प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गको प्रहरीहरुले बिराटनगर को महेन्द्रचोक देखी उत्तर तर्फ़ भट्टि चोक नजिक बिश्व सुचना नेटवर्क को मोरङ्ग सम्वाददाता पवन शाहले ट्राफिक चेक जाचको क्रममा असल नागरिकको परिचय दिदै सभ्य तरिकाले ट्राफिक प्रहरी समक्ष ट्राफिक प्रहरीको माग अनुसार सवारीचालक अनुमति पत्र र बिलबुक पर्स बाट निकालेर हेर्न दिएपछी चेक जाचमा रहेको ट्राफिक प्रहरीको आखा शाह को पर्स भित्र रहेको हजारको नोटमा पर्यो र अलिकति दुख: हैरानि दिएपछी केहि रकम दिन्छ कि भनि मापसे नभएको मास्क र जुत्ता दुरुस्त देखेपछी गाडिको नम्बर बुजिएन भनेर जरिवाना काट्नुपर्ने बतायो । संचारकर्मि शाहले जरिवाना काट्न नमानेर अन्त्यमा आफ़्नो परिचय दिदा मंगलवार ट्राफिक प्रहरी कार्यालयमा आएर लाईसेन्स लग्नु भनेर निर्देशन दियो । ट्राफिक प्रहरीको उक्त गतिविधि अविस्वाशिलो देखेपछी शाहले लाईसेन्स ट्राफिक प्रहरीले राखे बापत भोलि कुन आधारमा लाईसेन्स लिनु भनेर कुनै भरपाई माग्दा एक चौबीस घन्टे पुर्जि लिनुस जस बापत तपाईलाई लाईसेन्स लिन जरिवाना काट्नै पर्छ भनि जवाफ़ फ़र्कायो । ट्राफिक प्रहरीले भनेको कुरा सहि र आफ़्नो पनि गलति हुन सक्छ भनि संचारकर्मि शाहले एक जना दश वर्षको बालकलाई आफ़्नो गाडिको नम्बर हेरेर बताउन आग्रह गरेपछी दश वर्षे बालकले एक पटक हास्दै गाडिको सहि सहि नम्बर बताएको कुराले ट्राफिक प्रहरीहरुको कार्यप्रति झन शंका बढ्दै गएको हो । सानो बच्चाले हेरेर सजिलै बुज्न सक्ने नम्बर ट्राफिक प्रहरीले नबुझनुले या त ट्राफिक प्रहरी अशिक्षित हुनुपर्छ कि त नशामा ।

हरेक कुरामा ट्राफिक प्रहरीहरुले जरिवानाको त्रास देखाएर आफ़्नो खल्ति भर्ने गरेको सोझै देखिन्छ । यदि जरिवानाले मात्रै दुर्घटना नियन्त्रण र सवारी साधनको चोरी नियन्त्रण हुने भएको भए अखिर किन कसैको सवारी साधन हराउछ र किन दिन दिनै दुर्घटना हुन्छ । सस्तो लोकप्रियता कमाउन ट्राफिक प्रहरीहरु बेला बेलामा विभिन्न सचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्ने गरेको भएपनि ट्राफिक प्रहरीहरुको व्यवहार नै अरु बेला फ़रक रह्नेगरेको सजिलै देख्न सकिन्छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.