सिम्रौनागढ़ सामाजिक संदेश

प्रहरीको ज्याद्दति बिरोध स्थानियहरु प्रतिकारमा तिन जना घाईते

Pacharauta covid new -078
Holi Suvarn 078
प्रहरीको ज्याद्दति बिरोध स्थानियहरु प्रतिकारमा तिन जना घाईते
नरेश  गुप्ता
कलैया बारा
 बारा प्रहरीले  नियन्त्रणमा  लिइएको खसी बोका खोस्न जांदा प्रहरी  र स्थानीय ब्यापारी  बिच तेलकुवामा  बिहिवार  बिहान झडप भएपछि  दुई जना महिला सहित तीन जना घाईते भएका छन ।   जिल्ला  प्रहरी  कार्यलय बारा बाट   प्रहरी  सहायक निरीक्षक  अछेलाल  पासवान  घुमुवाले  सुवर्ण  गांउपालिका ८ पशुरामपुर नजिक बाट  करिब ३७ वटा खसी बोका नियन्त्रणमा लिइएपछी  स्थानीय ब्यापारी ,महिलाहरुले प्रहरीको ज्यादती विरुद्ध  प्रतिकारमा प्रहरी  चौकी तेलकुवा नहर चौकमा सडक अवरोध गरि बिरोध गरेका थिए ।  स्थानीय ब्यापारिहरु आफ्नै घर छेउबाट  खरिद गरि पशु हाट बजार बरियारपुर तर्फ  लगिरहेको अवस्थामा बारा प्रहरीले खसी बोका नियन्त्रणमा  लिइएको वडा न ८ वडा अध्यक्ष  सबिउलाह मिंयाले बताउनु भयो ।
Simraun gadh Covid New -078
घटनाको बिषयमा सोधपुछ गर्न प्रहरी  चौकी तेलकुवा पुगेको वडा अध्यक्ष  मिया माथी नै प्रहरी  चौकी तेलकुवाको प्रहरी  सहायक निरीक्षक  रामनरेश यादवले हातपात गरेपछि  स्थानीय महिला पुरुषहरु प्रहरीको जवाफी प्रतिकारमा  जम्मा भएको र खसी बोका समेत स्थानीयहरुले खोसेर लगेका प्रत्यक्षदर्शीहरुले बताए । प्रहरी  चौकी तेलकुवाको  परिसर अगाडि  भएको दोहोरो जडपमा एक जना प्रहरी  हवल्दार शिव कुमार साह समेत घाईते भएको थियो ।   आक्रोशित  स्थानीयहरुले प्रहरी  चौकि तेलकुवा अगाडि  प्रदर्सन गरि फर्निचर  ,तेलकुवा प्रहरी  चौकिको बोर्ड , खानेपानी धारा समेत ध्वस्त  पारिएको थियो । बिगतको  दिनमा प्रहरी चौकी तेलकुवा बिवादित बन्दै गएको प्रहरीको ज्यादती  बढ्दै गएपछि  प्रहरीलाई कार्वाही गर्नु पर्ने मांग सुवर्ण गाउपालिका अध्यक्ष  महेन्द्र राय यादवले  समबन्धित निकाए संग माग्नु भयो ।
केही महिना अगाडि  प्रहरी  चौकी तेलकुवाले बिरगंज बाट खरिद गरि ल्याईएको मटर केराउ सहितको गाडी नियन्त्रणमा  बिरगंज  भन्सार  पठाएको  थियो ।  जिल्ला प्रहरी  कार्यलय बाराको घुमुवा टोलिको  आंतकको कारण स्थानीय ब्यापारीहरु  आक्रोशित  भएको छन ।  स्थानीय ब्यापारीहरु भारत बाट खसी बोका खरिद गरि राजश्व छली गरेकोले सोको निगरानीको लागि  बारा प्रहरीलाई  परिचालन  गरिएको बाराको प्रहरी  प्रवक्ता  गौतम  मिश्रले जानकारी  दिनु भयो।
स्थानीय  आईमाईहरुले नियन्त्रणमा  लिइएको खसी बोका आफै खोसेर लगेको  कसैमाथि  हातपात  नभएको प्रतिक्रिया  दिनु भयो ।  दोहोरो  झडपमा खसी बोका खोस्न आएको आईमाईलाई   समान्य चोटपटक लागेको अरु समान्य रहेको प्रवक्ता  मिश्रले  जानकारी  दिनु भयो । स्थिति  नियन्त्रणमा  लिन जिल्ला  प्रहरी  कार्यलय बारा बाट प्रहरी  निरीक्षक  सुरेश यादव र कंचन राजचल र मातहतको प्रहरी  युनिटलाई  खटाईएको थियो ।

 

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.