सिम्रौनागढ़ सामाजिक संदेश

भाडा तिर्न न सक्दा घरपट्टी द्वारा कुटपिट गरि हत्या गरेको प्रति नेपाल वैश्री युवा संघको गम्भिर आपति

Pacharauta covid new -078
Holi Suvarn 078

भाडा तिर्न न सक्दा घरपट्टी द्वारा कुटपिट गरि हत्या गरेको प्रति नेपाल वैश्री युवा संघको गम्भिर आपति

Simraun gadh Covid New -078

पवन साह, बिराटनगर

काठमाडौं किर्तिपुरमा डेरा गरी बस्दै आएको युवकले महामारीको कारणले आयश्रोत नभएका कारण भाडा तिर्न न सक्दा घरपट्टी द्वारा कुटिएपछी हत्या गरेको प्रति नेपाल वैश्री युवा संघ जिल्ला कार्यसमिति मोरङ्ग को गम्भिर ध्यानाकर्षन भएको छ ।

काठमाडौं किर्तिपुर वडा न. ७ मा लामो समय देखि डेरा लिएर बस्दै आएका शम्भु महतो (चौधरी) लाई घरभाडा़ विवादको कारण घरपेटी द्वारा नै निर्घात कुटपिट गरि गरेको हत्याको घोर भर्त्सना गर्दै हत्यारालाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ भनी नेपाल वैश्री युवा संघ जिल्ला कार्यसमिति मोरङ्गको अध्यक्ष गणेश कुमार साह
मांग गरेको छ ।
प्राप्त जानकारी अनुसार हत्याराहरुलाई पक्राउ गरिएको छ। तर यहाँ दोषीलाई विभिन्न बहानामा उन्मुक्ति दिने रिवाज पनि रहेकोले अध्यक्ष साहले हत्याराहरुलाई कानुन सम्मत हदैसम्मको कार्वाही र पीडित परिवारलाई क्षतिपूर्ति तथा उनको छोराछोरीलाई लालनपालनको जिम्मा लिन राज्यलाई दवाव सिर्जना गर्ने बताउनुभयो ।

सँम्भार:- cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.