सिम्रौनागढ़ सामाजिक संदेश

सशस्त्र प्रहरी द्वारा ९ बोरा अवैध कपडा बरामद

सशस्त्र प्रहरी द्वारा ९ बोरा अवैध कपडा बरामद

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / अवैध रुपमा भन्सार छली नेपाल ल्याएर घरमा स्टोक गरि रखिएको अवस्थामा ठुलो परिमाणमा कपडाहरु सशस्त्र प्रहरी ले बरामद गरेको छ ।

Simraun gadh Covid New -078

बिराटनगर महानगर पालिका को १५ नम्बर वडामा पर्ने सुडि बस्ति बाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट रानी बाट खटिएको सप्रनि मौसम पोखरेलको टोलीले विशेष सुराकिको आधारमा शुक्रवार राति ११ बजेर ४५ मिनेटको समयमा एक घर बाट छापामारी भन्सार छली लुकाएर राखेको अवस्थामा ९ बोरा कपडा बरामद गरेको हो । बरामद गरिएको कपडाहरुमा भेस्ट, स्यान्डो र लेडिज टप्स हरु रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण टंकी सिनवारी मोरङ्गका सशस्त्र प्रहरी उपरिक्षक तिर्थ पौडेलले बताउनुभयो । बरामद गरिएको उक्त कपडाहरुको भन्सार मुल्य ३ लाख ६० हजार ३ सय ६० रुपैया मुल्यांकन गरिएको हो ।

मोरङ्गको बिराटनगर नजिक रहेको सिमानाकाहरुमा सशस्त्र प्रहरी बल को बिओपि हरुले तस्करहरुलाई निरूत्साहित गर्न कडाई थालेपछी हाल मोरङ्गको अन्य खुला नाकाहरु तर्फ़ तस्करहरु पलायन भएको प्रहरीहरु बताउछन । मोरङ्गको दरैया आसपासका लता कपडा, खाध्यान्न सामग्री, लगायत अन्य सर सामानहरु ओसार्ने तस्करहरु मोरङ्ग बाट निरूत्साहित भएर सुनसरी तर्फ़ लागेको सुत्रले बताएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.