सिम्रौनागढ़ सामाजिक संदेश

धार्मिक स्थल मा पुजा पाठ तथा भिडभाड नगर्न जिल्ला प्रशासनकाे आदेश

राजेन्द्र महतो लहान कार्तिक १५ गते जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक स्थल बाहेकका ठाउँमा पुजा पाठ तथा भिडभाड नगर्न जिल्लाभर आदेश जारी गरेको छ । आज रातिदेखि लागु हुनेगरी हुनेगरी सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रमको आयोजना नगर्न, सभा, जुलुस, वा प्रदर्शन हुने जस्ता कार्य नगर्न, चाडपर्व लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा, आराधना बाहेकका गतिविधिहरु सञ्चालन नगर्न, स्वास्थ्य मापदण्ड विपरीत यातायात, उद्योग, व्यापार, व्यवसायलगायतका गतिविधीहरु सञ्चालन गर्न निषेध गरिएको हो । कोरोना संक्रमण न्यूनिकरण गर्न स्वास्थ्य र सुरक्षा मापदण्ड तथा प्रोटोकलको पालना गर्दै जनजीवनलाई पनि अनुकुलन तुल्याउन आवश्यक देखिएको हुँदा मंसिर १७ गते राती १२ बजेसम्मका लागि सिरहा जिल्लाभर लागु हुने गरि यो आदेश जारी गरेको हो । सिरहामा शनिबारसम्म ८८ जना सक्रिय संक्रमितहरु रहेका छन् भने कोरोना संक्रमणबाट हालसम्म १७ जना को मृत्यु भइसकेका छन् । जिल्ला प्रशासन कार्यालय सिरहाले दीपावली, छठ तथा कमला नदीमा लाग्ने पूर्णिमा पर्वमा भिडभाड नगरी घरमै बसेर चाडपर्व मनाउन आग्रह गरेका छ्न।

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

राजेन्द्र महतो
लहान कार्तिक  १५ गते जिल्ला प्रशासन कार्यालय सिरहाले धार्मिक स्थल बाहेकका ठाउँमा पुजा पाठ तथा भिडभाड नगर्न जिल्लाभर आदेश जारी गरेको छ ।
आज रातिदेखि लागु हुनेगरी हुनेगरी सार्वजनिक खेलकुद, नाच, तमासा, मेला वा भिडभाड हुने कार्यक्रमको आयोजना नगर्न, सभा, जुलुस, वा प्रदर्शन हुने जस्ता कार्य नगर्न, चाडपर्व लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्य पुजा, आराधना बाहेकका गतिविधिहरु सञ्चालन नगर्न, स्वास्थ्य मापदण्ड विपरीत यातायात, उद्योग, व्यापार, व्यवसायलगायतका गतिविधीहरु सञ्चालन गर्न निषेध गरिएको हो ।
कोरोना संक्रमण न्यूनिकरण गर्न स्वास्थ्य र सुरक्षा मापदण्ड तथा प्रोटोकलको पालना गर्दै जनजीवनलाई पनि अनुकुलन तुल्याउन आवश्यक देखिएको हुँदा मंसिर १७ गते राती १२ बजेसम्मका लागि सिरहा जिल्लाभर लागु हुने गरि यो आदेश जारी गरेको हो ।
सिरहामा शनिबारसम्म ८८ जना सक्रिय संक्रमितहरु रहेका छन् भने  कोरोना संक्रमणबाट  हालसम्म १७ जना को मृत्यु  भइसकेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिरहाले दीपावली, छठ तथा कमला नदीमा लाग्ने पूर्णिमा पर्वमा भिडभाड नगरी घरमै बसेर चाडपर्व  मनाउन आग्रह  गरेका छ्न।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.