कुलतमा फसेका नेपाली युवाहरुलाई सुधार्न भारतिय एस.एस.बी.को अभियान
कुलतमा फसेका नेपाली युवाहरुलाई सुधार्न भारतिय एस.एस.बी.को अभियान


पवन शाह
बिराटनगर / कुलतमा फ़सेका नेपाली युवाहरुलाई सुधार्न भारतिय सिमा सुरक्षा बल एस.एस.बी. जोगबनि क्याम्प प्रमुख ले अभियान चलाएको छ ।

अहिले नेपाल बाट दैनिक एक हजार बढी लागुऔषध सेवनकर्ताहरु लागुऔषध सेवन गर्नको निम्ति भारतको टिकुलिया बस्ति जानेगरेका छन । सोहि क्रमलाई सुधार्न सिमावर्ति इलाकामा बढिरहेको लागुऔषध कारोबारीहरुको विरुद्ध भारतिय सिमा सुरक्षा बल एस.एस.बी. ५६ औ वाहनी ले मोर्चा खुला गरेको हो । निरन्तर गरिदै आएको कार्वाहीले गर्दा तस्करहरुको संगठित गिरोहले विभिन्न प्रकारको नया नया हत्कन्डा अपनाउने गरेको छ । त्यहि लागुऔषधको गिरोहको कनेक्सन सिधै पटना को बजार बाट जोडिएको खुलासा भएको छ । शुक्रवार बिहान पटना बाट जोगबनि आईरहेको बसमा लागुऔषध ल्याईरहेको गोप्य सूचना को आधारमा ठुलो चेक पोईन्ट थालि ठुलो परिमाणमा लागुऔषध बरामद गर्न सफ़ल समेत भएका छन ।
सिमा सुरक्षा बल एस.एस.बी. जोगबनि द्वारा भारतमै लागुऔषध बेच बिखन विरुद्ध अभियान थालेर मैदानमा उत्रेपछी अहिले धेरै लागुऔषध कारोवारीहरु गाउ तिर पलायन गर्दै छन भनि भारतिय सिमा सुरक्षा बल एस.एस.बी. जोगबनि क्याम्प प्रमुख प्रविण कुमार सिंहले बताउनुभयो । तर नेपाल बाट लागुऔषध सेवन गर्नको निम्ति धेरै जना सम्पन्न परिवार बाट रहेको त केहि उमेर पुगेका वृद्ध हरु पनि रहेका छन । हजारौ को संख्यामा युवा युवतीहरु लागुऔषध सेवन गर्न पारि जाने गरेको छन भने नेपाली सुरक्षाकर्मिहरुले यस्ता लागुऔषध को कुलतमा लागेकाहरुलाई रोकेर पनि रोक्न नसक्ने बताउछन ।