पवन शाह
बिराटनगर / खुला नाका भएको फ़ायदा उठाउदै तस्करहरुले सिमा सिल रहेको अवस्थामा प्रहरी सुरक्षाकर्मिहरु भारत बाट आउने हरुलाई रोक्न ब्यस्त रहेको बेला साझको समयमा अन्ध्यारोको सदुपयोग गर्दै नेपाल बाट भारत तर्फ़ मरिच सुपाड़ी र छोहरा भारत तर्फ़ कटाउन लागेको अवस्थामा प्रहरी चौकि मटियरुवाको टोलीले पक्राउ गरेको छ ।
शनिवार भारतको जोगबनि किनमेल गर्न जानेहरुको धेरै भएको हुनाले त्यस्ता व्यक्तिहरु संगसंगै भारतीय मजदूरहरु तथा अन्य व्यक्तिहरुको माध्यम बाट कोरोनाको संक्रमण नभित्रियोस भनि त्यस्ता व्यक्तिहरुलाई रोक्न प्रहरीहरु ब्यस्त रहेको बेला नेपाल बाट भारत तर्फ़ कटाउन लागेको मुल्य एक लाख बढी रहेको तिन बोरा मरिच, दुई बोरा सुपाड़ी र एक बोरा छोहरा प्रहरी चौकि मटियरुवाको सक्रियतामा सादा पोसाकको प्रहरी सहित पक्राउ गरी नियन्त्रणमा लिएका छन ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.