सिम्रौनागढ़ सामाजिक संदेश

लागु औषध सहित एक युवक बिओपि रानीको नियंत्रणमा

लागु औषध सहित एक युवक बिओपि रानीको नियंत्रणमा

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / भारत बाट खुला सिमाको फ़ायदा उठाउदै लागुऔषध लिई नेपाल तर्फ़ आउदैगर्दा सशस्त्र प्रहरीले चेक जाचको क्रममा लागुऔषध सहित एक युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानी बाट नियमित सिमामा खटेको टोलीले भारत बाट नेपाल आउने संकास्पद हरेक मान्छेको चेक जाचको क्रममा सक्रिय भई लागी परेको बेला पाच केजी चिनि लिन भारत गएको बहाना बनाई लागुऔषध बोकेर आउदै गर्दा नियन्त्रणमा लिएको हो । बरामद गरिएको लागु औषध धन्कुटा जिल्ला फ़लाटे गाउ पालिका – ५ घर भैइ मोरङ्ग पथरी र बनेपा बस्दै बस्ने वर्ष २५ को धन बहादुर राणाको साथ बाट लागु औषध बरामद गरेका हुन । राणा को सथ बाट बरामद भएको लागु औषधमा ३ सय चक्की नाईट्रोभेट टेन नाम गरेको लागु औषध रहेको छ । दरैया बस्तिको सिमामा रहेका बिओपि रानीको सशस्त्र प्रहरी टोली को डियुटी बदली हुने बेलामा साझ ६ :२० बजेको समयमा अन्ध्यारो को फ़ायदा उठाउदै बिराटनगर – १६ स्थित सुगरमिल को गेठ अगाडीको बाटो भएर नेपाल आउदै गर्दा पक्राउ परेका हुन । लागु औषध सहित पक्राउ परेका युवालाई आवश्यक कार्वाहीको लागी इलाका प्रहरी कार्यालय रानी लाई बुझाएको सशस्त्र प्रहरी निरिक्षक मौसम पोखरेलले बताउनु भयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.