सिम्रौनागढ़ सामाजिक संदेश

संचालक सहित सुमित गेस्ट हाउसमा पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता

संचालक सहित सुमित गेस्ट हाउसमा पक्राउ परेकाहरु विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दा दर्ता

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

विराटनगर / प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित हिमालय हल अगाडि सञ्चालनमा रहेको सुमित गेस्ट हाउसका सञ्चालकसहित छ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियार, भारत नाथपुर पंचायत नरपतगंज बिहार घर भएका जयन्त कुमार, रतन कुमार भारती र शैलेन्द्र कुमार झा सहित दुई महिला छन् । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरीले सञ्चालकसहित चारजना पुरुष र दुईजना महिलालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुईजना महिलाले आफूहरुलाई जर्वरजस्ती यौन क्रियाकलापमा लगाएको भन्दै सञ्चालक विरुद्ध उजुरी दिएपछि उनी विरुद्ध मानव बेचबिखन विरुद्धको मुद्दामा अनुसन्धान सुरु गरि मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय मोरङ्ग ले बताएको छ ।

मोरङ प्रहरीका प्रहरीका उपरीक्षक सन्तोष खड्काका अनुसार महिलाहरु अन्यायमा परेको देखिएको छ । उनीहरुले सञ्चालकले जर्वरजस्ती आफूहरुलाई यौन क्रियाकलापमा सहभागी गराएको भन्दै प्रहरीमा जाहेरी दिएपछि सञ्चालक सहित अनुसन्धान गरि मानव बेचबिखन मुद्दा दर्ता प्रक्रिया अगाड़ी बढाएको हो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.