सिम्रौनागढ़ सामाजिक संदेश

नेपाल र भारतको सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न

Pacharauta covid new -078
Holi Suvarn 078

बिहारमा हुने विधान सभाको चुनावमा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल र भारतको सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न।

Simraun gadh Covid New -078

विराटनगर, असोज ७ गते । भारतको बिहार राज्यमा हुने विधान सभाको चुनावमा शान्ति सुरक्षा कायम गर्नका लागि नेपाल र भारतको सुरक्षा अधिकारीहरुको बैठक सम्पन्न भएको छ ।
अगामी विधान सभाको चुनावको लागि जोगवनी स्थित एकीकृत चेक पोष्टको सभाहलमा पुर्णियाको आईजी लगायत भारतको सिमा जोडिएको सुनसरी र मोरंगको एसपी, एसएसवी र एपीएफका सुरक्षाकर्मीहरुको सहभागीता रहेको थियो ।
उक्त बैठकमा सीमाको सुरक्षा व्यवस्था सहित सीमाक्षेत्रमा भई रहेको अपराधिक गतिविधीहरुको वारेमा छलफल गरी विभान सभाको चुनावलाई निष्पक्ष गराउन पुर्णियाको आईजी विनोद कुमारले विस्तृत चर्चा गरिेको थियो ।
साथै सिमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था र अपराधीक गतिविधीहरु लिएर हुने समस्याहरुलाई दुवै देशका सुरक्षलाई साझा रुपमा समाधान गर्ने सहमती भएको छ ।
सो बैठकमा मोरंग जिल्लाको एसपी संतोष खड्का र सुनसरी जिल्लाको एसपी कमल थापा, एपीएफको एसपी तीर्थराज पौडेलल सिमाको समस्याको वारेमा जानकारी गराएका थिए । सिमा क्षेत्रको समस्याहरुलाई भारत तर्फका सुरक्षा कर्मीहरुवाट सहयोग रहने वताए ।
सो बैठकमा अररियाको एसपी ह्दय कान्तले सवै सुरक्षाकर्मीहरुलाई अभार प्रकट गर्दै धन्यवाद दिएको थियो ।
पुर्णियाको आईजीपीले अगामी विहारमा हुने अगामी विधान सभा चुनावलाई मध्ये नजर गर्दै दुवै देशमा हुने समस्यालाई गम्भिरता पुर्वक लिएर समाधान गर्ने संचारकर्मीहरुलाई वताएका थिए ।
सो बैठकमा एसएसवी ५६ बाहिनीको सेनानायक मुकेश त्यागी,१२ बटालियन का सेनानायक विरेनद्र कुमार बर्मा, अररिया एसडीपीओ पुष्कर कुमार, फारविसगंज एसडीपीओ गौतम कुमार, एक्साईज सुपरिटेंडेंट अमृतेश कुमार, जोगवनी थानाको अध्यक्षआफताब अहमद लगायतको उपस्थिति रहेको थियो ।

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.