सिम्रौनागढ़ सामाजिक संदेश

बिओपी दरैयाको टोली द्वारा जाडोको कपडा बरामद गरी भन्सर दाखिला

बिओपी दरैयाको टोली द्वारा जाडोको कपडा बरामद गरी भन्सर दाखिला

Pacharauta covid new -078
Holi Suvarn 078

बिराटनगर / उखु बारीको बाटो भएर भन्सार छली गरी ल्याउँदै गरेकाे सामान सशस्त्र प्रहरीले पक्राउ गरी भन्सार दाखिला गरेको छ ।

Simraun gadh Covid New -078

मान्छे नै नहिड्ने सुनसान बाटो भएर अवैध रुपमा भारत बाट भन्सार छली नेपाल ल्याउँदै गरेकाे जाडोको कपडा र जूता सहितको सामानहरु सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट दरैयाको टोलीले बरामद गरी भन्सार दाखिला गरेको हो ।

बिओपी दरैया बाट सप्रनी दिल कुमार पन्तको नेतृत्वमा खटेको ७ जना सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले सुनसान बाटो भएर बोरामा रहेको जाडोको लुगा ताथा जुताहरु टाउकोमा नेपाल ल्याउँदै गरेकाे भरियाहरुलाई लखेट्दा भरियाहरु सामान छाडी भागेको थियो । बरामद भएको सामानहरुमा उनी टप्स ३८ थान, टप्स ३ सय ३६ थान र सपोर्ट सुज, छालाको जुत्ता ८ जोर रहेको थियो । उक्त सामानहरुको बाजार मूल्य धेरै भएपनि सामान चाँडै निलामी होस भनी भन्सार मूल्याङ्कन १ लाख ११ हजार ६ सय रुपैयाँ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अहीले सीमावर्ती इलाकामा खटिएको सुरक्षा निकायहरु इलाका प्रहरी कार्यालय रानी, सशस्त्र प्रहरी बल बिओपी रानी, बिओपी दरैयाले अवैध रुपमा हुने भन्सार राजस्व छली, चोरी तस्करी गर्ने हरुलाई निरूत्साहित गर्दै दैनिक अवैध सामानहरु समाउन थालेपछि अवैध काम गर्ने व्यापारीहरुबाट सुरक्षा निकायहरुलाई बदनाम गराउन र तस्करी लाईन खुल्न सहज बनाउन सञ्चारकर्मी, पत्रकारहरुलाई पनि राम्रै प्रलोभन दिने गरेको छ । तस्करी व्यापारीको विरुद्धमा समाचार प्रकाशन प्रसारण गरे पत्रकार पत्रकारहरुलाई सुरक्षा थ्रेट हुनेगरेको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.