google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

भर्चुअल प्रदेश युवा सम्मेलन हुँदै, आइतबारबाट सहभागिता दर्ता फारम खुल्ला

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सुनसरी : नेपाल युवा परिषद प्रदेश १ को आयोजनामा प्रदेशमा भर्चुअल प्रदेश युवा सम्मेलन २०२० हुने भएको छ । कार्यक्रम यहि भदौ १९ र २० गते आयोजना गर्न लागेको आयोजक नेपाल युवा परिषद प्रदेश १ ले जानकारी दिएको छ । अघिल्ला वर्षहरुमा प्रदेश १ का १४ जिल्लाबाट सम्पुर्ण स्थानीय तहको प्रतिनिधित्व हुनेगरि युवाहरुलाई एक ठाउँमा भेला गरेर सम्मेलन गरेको नेपाल युवा परिषदले यो वर्ष कोरोनाको प्रभावले गर्दा भर्चुअल रुपमा आयोजना गर्न लागेको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जुम एपको मध्यमबाट गर्न लागिएको सो सम्मेलनको लागि सहभागित दर्ता फारम श्रावण ३२ गतेबाट खुलेको छ । अन्लाइनबाट भर्न सकिने उक्त फारम प्रदेश १ का १४ जिल्लाका युवाहरुले मात्रै भर्न पाउने छन् । परिषदले उक्त सम्मेलनमा सहभागी हुने युवा १८ वर्ष पुरा भइ २९ वर्ष ननाघेको हुनुपर्ने जानकारी दिएको छ । साथै परिषदले आफ्नै स्थानीय तहमा पढ्दै गरेको, व्यावसाय गदै गरेको तथा सोहि स्थानीय तहमा सामाजिक काममा लागेका युवालाई बढि प्राथकिता दिने बताएको छ । सहभागी हुन चाहने युवाहरुले सहभागीता दर्ता फारम भदौ ९ गते सम्म भरी सक्नुपर्ने छ ।

‘सुशासन’, ‘निर्वाचनमा युवाको भुमीका’, ‘जालवायु परिवर्तन’ र ‘ कृषि उद्यमशीलतामा युवा’ कार्यक्रमको मुख्य विषयवस्तु रहेका छन् । विभिन्न वक्ताले ति विषयवस्तुमा रहेर आफ्ना विचार प्रस्तुत गर्ने छन् । नेपाल युवा परिषदले यस अगाडि देशभरबाट युवाहरुलाई सहभागी गराएर राष्ट्रिय युवा सम्मेलन २०२० सम्पन्न गरेको छ । ३ सय ५० भन्दा बढी युवाहरुको सहभागितामा सम्पन्न भएको राष्ट्रिय युवा सम्मेलनपछि परिषदले सातै प्रदेशमा प्रदेश युवा सम्मेलन गर्न लागेको हो ।

 

Form Link: http://bit.do/PYC2020-Province1


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0