सिम्रौनागढ़ सामाजिक संदेश

मिल्स एरियामा महामारीको उच्च जोखिम निम्तयाउदै रघुपति जुटमिल, मकालु गर्मेन्ट र हुलास मेट्ल संचालन

जानिजानि साना तथा मध्यम वर्गिय हरुलाई स्थानिय सरकार तथा स्थानिय प्रसाशन बाट मार्ने प्रयास भैइरहेको स्थानियहरुको

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह, बिराटनगर ।

कोरोना भाईरस संक्रमण समुदाय स्तरमा तिब्र रुपमा फैलीरहेको बेला बिराटनगर १७ स्थित श्री रघुपति जुटमिलले भने जोखिमपुर्ण अवस्थाको खिल्ली उडाउदै जुट मिल संचालन गर्दै आईरहेका छन ।

बिराटनगर महानगर पालिका अन्तर्गत रानिको १५, १६ र १७ नम्बर वडामा कोरोना संक्रमित को संख्या दिनदिनै बढदै गैइरहेको अवस्थामा रघुपति जुटमिल व्यवस्थापन समितिले दैनिक दुई शिफ़्ट मा मिल संचालन गर्दै आईरहेका छन ।

Simraun gadh Covid New -078

अरु बेला जम्मा एक शिफ़्टमा एक हजार मजदूर काम गर्ने रघुपति जुटमिल भित्र अहिले कोरोना महामारीको अवस्थामा पनि ७ सय ५० जना मजदूर कर्मचारीहरु कार्यरत रहेका छन । समुदायमा संक्रमणले अहिले बिक्राल रुप लिए पनि जुट मिल व्यवस्थापन समितिलाई भने कुनै प्रभाव परेको देखिदैन । यसरीनै मनोमानी ढङ बाट आरति स्ट्रिप संचालन गरेको परिणाम अहिले ताजै छ । आरति स्ट्रिप गरेको लापरवाही का कारण ५१ जना मजदुर कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भैइसकेको कुरा चर्चामा रहेकै बेला पनि रघुपति जुटमिल, मकालु गर्मेन्ट तथा हुलास मेटल क्राफ़्ट अझै संचालनमा रहेको हुनाले यहाका बासिन्दाहरुलाई थप चुनौती को सामना गर्नुपर्ने हुन्छ ।

स्थानिय स्तरमा खाध्यान्न , किराना, तरकारी पसल कपडा पसल गरि औषधि बाहेक का अन्य सबै को पसल व्यवसाय बन्द रहेको अवस्थामा ठुला उद्योगहरु संचालन भैइरह्दा महामारीको अवस्थामा नियमको पालना गरिरहेका सबै को खिल्ली उडाउने काम भएको स्थानिय हरुको गुनासो रहेको छ ।

नियम सबैको लागी हो तर यहा जानिजानि साना तथा मध्यम वर्गिय हरुलाई स्थानिय सरकार तथा स्थानिय प्रसाशन बाट मार्ने प्रयास भैइरहेको स्थानियहरुको भनाई रहेको छ । महामारीले अझ बिक्रल रुप नलियोस र यस बिषयमा सम्बन्धीत को ध्यान जाओस ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.