सिम्रौनागढ़ सामाजिक संदेश

प्रहरी द्वारा गोदाममा छापा मारी ठुलो परिमाणमा चिनि र सुर्ति बरामद

प्रहरी द्वारा गोदाममा छापा मारी ठुलो परिमाणमा चिनि र सुर्ति बरामद

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / बिराटनगर महानगर पालिका ६ स्थित रामपुर बाट जिल्ला प्रहरी कार्यालय मोरङ्गको टोलीले एक गोदाममा छापा मारी ठुलो परिमाणमा चिनि , सुर्ति र चकलेटहरु बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ्ग बाट खटेको सादा पोसाकको प्रहरी टोलीले विशेष सुचनाको आधारमा बिराटनगर ६ मा रहेको रन्जित साहको घरमा भाडामा रहेको गोदाम बाट छापा मारी सामान हरु बरामद गरेको हो । बरामद गरिएको सामानहरुमा चिनि ४० बोरा, सुर्ति ३६ पोका र चोकलेट लगायतका सामानहरु बरामद गरी नियन्त्रणमा लिएका हुन । बिराटनगर ११ बस्ने वर्ष २७ को जितेन्द्र भगत ले आफ़्नो पसल पछाडी भाडामा लिएर राखेको गोदाममा उक्त सामानहरु भारत बाट तस्करी गरी ल्याएर गोदाममा भन्डारण गरी राखेको सुचना पाएर छापा मारिएको जिल्ला प्रहरी कार्यालय मोरङ्ग प्रवक्ता प्रनाउ मान बहादुर राईले बताएको छ । बरामद भएको सामानहरु भन्सार दाखिला प्रक्रियामा रहेको र उक्त सामानहरुको भन्सार मुल्य एक लाख चौबीस हजार कायम गरिएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.