सिम्रौनागढ़ सामाजिक संदेश

नेपाली तस्कर लिपिस्टिक वालिको ८ लाख बढीको सामान भारतमा एस.एस.बी को नियंत्रणमा

नेपाली तस्कर लिपिस्टिक वालिको ८ लाख बढीको सामान भारतमा एस.एस.बी को नियंत्रणमा

Pacharauta covid new -078
Holi Suvarn 078

बिराटनगर / रात्रि को समयमा अन्ध्यारो को फ़ायदा उठाउदै तस्करी गरी नेपाल तर्फ़ ल्याउन लागेको आठ लाख बराबरको कपडाहरु सिमा सुरक्षा बल एस.एस.बी को टोलीले बरामद गरी नियंत्रणमा लिएको छ ।

Simraun gadh Covid New -078

सिमा सुरक्षा बल एस.एस.बी को ५६ औ वाहनी बोर्डर आउट पोस्ट जोगबनि बाट खटेको टोलिले भारत बाट तस्करी गरी नेपाल ल्याउदै गरेको तस्करी को कपडा, मोटरपार्ट्स र केही प्रकार को औषधि समेत नियंत्रणमा लिएको हो । तस्करहरुको समूह द्वारा ठुलो परिमाणमा तस्करी को सामान लगिरहेको छ भन्ने गोप्य सूचना को आधारमा सामान पक्राउ गरेको बिओपि जोगबनी क्याम्प प्रमुख प्रवीण कुमार सिंह ले बउनुभयो ।

तसकरहरु नेपाल भारत सिमा स्तम्भ नम्बर १८०/२० बाट सामान निकाल्ने दाउमा रहेको सुचना पाएर एस.एस.बी को असई चन्दन सिंहको कमांडमा खटेको टोलीले पक्राउ गरेको सामानहरुमा जोगबनिको टिकुलिया बस्ति नजिक ५ वटा साईकलमा लैजादै गरेको भारतिय भन्सार मुल्य ५ लाख ५२ हजार २ सय ४४ भारतिय रुपैया बराबरको बुलेट मोटरसाईकलको पार्ट्स, ६ हजार ७ सय ५० रुपया भारु को अन्य मोटरसाईकल को पार्ट्स तथा औषधिहरु रहेको छ भने टि-सर्ट , कुर्ता सुरुवाल पिस , कुर्ता सेट गरी उक्त सामानहरुको भारतिय रुपैया मुल्य २ लाख ७१ हजार दुई रहेको छ । जसमा सामानहरु भरियाको रुपमा ५ थान साईकल सहित पक्राउ परेको व्यक्तिहरुमा वर्ष २२ को अरूण कुमार यादव, ३० वर्षीय हिरालाल यादव, वर्ष २४ को मोहम्मद वकिल अंसारी , वर्ष ३५ को इश्वर चन्द शर्मा र रामबलि पासवान रहेको छ । पक्राउ परेका सामान सहित आवश्यक कार्वाहिको निम्ति भन्सार कार्यालय फ़ारबिसगनंज लाई जिम्मा लगाएको एस.एस.बी बिओपि जोगबनि प्रमुख प्रविण कुमार सिंहले बताउनुभयो । पक्राउ परेका सामानहरु को नेपाली मुल्य लगभग ८ लाख बढी मुल्य भाएको एस.एस.बी कर्मचारि बताउछन ।

तस्करी गरि नेपाल ल्याउन लागेको अवस्थामा पक्राउ परेको सामानहरु बिराटनगर महानगर पालिका को वडानम्बर १६ मा पर्ने दरैया बस्तिमा घर भएको लिपिस्टिक वालि नामले परिचित महिला रेनू मन्डलको रहेको खुलेको छ । मन्डलले जस्तोसुकै जटिल अवस्थामा पनि आफ़्नो तस्करी पेशा कहिले बन्द नगरेको प्रहरीको तथ्यांकले देखाउछ । देश बन्दा बन्दिमा गएपछि पनि दैनिक अवैध रुपमा माल सामान ओसार्ने मन्डलले बाढी आएको अवस्थामा पनि सिमामा बसोबास गर्नेहरुलाई प्रहरी सुरक्षा कर्मिहरुले सबैको घर बाट उद्धार गरेर सुरक्षित स्थानमा सार्न लागिपरेको बेला पनि मन्डलको सामानहरु त्यस अवस्थामा पनि तस्करी नेपाल भित्रिदै गरेको प्रहरीले फ़ेला पारी जफ़त गरेको थियो । धेरै पटक सामान र ट्याम्पु सहित प्रहरीले नियंत्रणमा लिएपनि अहिले सम्म बिराटनगर १६ को जंगल र खोलाको बाटो भएर मन्डल तस्करी पेशामा सक्रिय भई लागेका छन । प्रहरी र सशस्त्र प्रहरीहरुले धेरै पटक मन्डलको सामानहरु पक्राउ गरेपनि काम भने बन्द गराउन नसकेको देख्न सकिन्छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.