google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

राजेशमान सिंहले गरे जसपा प्रवेश,उपेन्द्र यादव र बाबूरामले गरे स्वागत

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट नेकपा एमाले छिर्ने भनिएका विरगञ्जका प्रभावशाली नेता राजेशमान सिंह आज जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

विरगञ्जको टाउन हलमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा नेता सिंह लगायत उनका समर्थकहरु जसपामा प्रवेश गरेका हुन् ।

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, सघींय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सघींय सांसद् प्रदीप यादव को उपस्थितिमा उनिहरु जसपामा प्रवेश गरेका हुन् ।

आगामी स्थानीय तहको निर्वाचनमा विरगञ्ज महानगरपालिकाको मेयर पदमा लड्ने तयारी गरेका सिंहलाई जसपाले उम्मेदवार बनाउने भित्रि सहमतिका सांथ उनी पार्टीमा प्रवेश गरेको बुझिएको छ ।

यसअघी एमालेमा प्रवेश गर्न लागेका सिंहले विरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी एमालेमा प्रवेश गरेपछि आफ्नो रणनिती परिवर्तन गर्दै जसपाको शरणमा पुगेका हुन् ।

सिंह यसअघि तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयर पदमा लडेर तेस्रो स्थान ल्याएका थिए । सरावगीले १९ हजार ३९३ मत ल्याउँदा सिंहले १२ हजार १६५ मत पाएका थिए ।

विरगञ्जमा राम्रो पकड भएका सिंहलाई जसपा सांसद प्रदिप यादवको विशेष पहलमा जसपामा प्रवेश गराईएको हो । सिंह र सांसद यादवबिच यसअघी विभिन्न चरणमा छलफल तथा वार्ताहरु भएका थिए ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0