google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्जमा जसपाको विरोध प्रदर्शन, अख्तियारको विरुद्धमा नारावाजी

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज, १७ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाले अख्तियारको विरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरुद्धमा जसपाले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेको हो ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, आर्दशनगर, ग्रिनसिटी, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले अख्तियार मुर्दावाद, संघियता मास्न पाइँदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा गौरव हुन् लगायतका नारा लगाएका थिए ।

कोणसभालाई मधेश प्रदेश समिति सदस्य मदन प्रसाद चौहान, समाजवादी मुस्लिमका केन्द्रिय अध्यक्ष मौलाना नुरुल होला, प्रदेश सभा सदस्य सिँहासन साह कलवार, जसपाका केन्द्रिय सदस्यहरु टेकबहादुर शाक्य, मोहनलाल चौधरी, केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य करिमा बेगम लगायतले सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा वक्ताहरुले अख्तियार पुर्वाग्रही भएको आरोप लगाएका थिए । मधेशी समुदायको त्याग र बलिदानीबाट प्राप्त भएका उपलब्धीहरु सहन नसकेर संघियता मास्न खोजेको वक्ताहरुको भनाई थियो । भ्रष्टाचारको मुख्य स्रोत नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग भएको बताउँदै वक्ताहरुले अख्तियारको संरचनागत परिवर्तन हुनुपर्ने आवश्यक्ता औँल्याए ।

कार्यक्रममा जसपा पर्साकी सदस्य एवम् पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् । विरोध प्रदर्शनमा जसपाका केन्द्रिय सदस्यहरु, प्रदेश सभा सदस्य, जिल्ला पदाधिकारी एवम् सदस्यहरु, जसपाबाट निर्वाचित स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनीधि, युवा संघका केन्द्रिय, जिल्ला पदाधिकारी एवम् सदस्यहरु, गाउँ तथा नगर कमिटीका पदाधिकारी, सदस्यहरु, जसपा निकट भातृ संगठनका पदाधिकारी एवम् सदस्यहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

विरोध कार्यक्रमको सहजिकरण जसपा पर्साका सचिब तबरेज अहमदले गरेका थिए । जसपाले यसअघि शनिवार साँझ अख्तियारकै विरुद्धमा मसाल जुलुश प्रदर्शन गरेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0