सिम्रौनागढ़ सामाजिक संदेश

अपन राधेमाई युवा क्लब द्वारा राधेमाईको विभिन्न स्थानमा सरसफाई कार्यक्रम सम्पन्न

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगंज ०४ असोज
पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाई स्थित अपन राधेमाई युवा क्लबले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । सो क्लबका अध्यक्ष पवन यादवको अध्यक्षतामा राधेमाई मन्दिरको प्राङ्गण लगायत राधेमाई टोलको विभिन्न ठाउँमा सरसफाई गरेको छ ।

Simraun gadh Covid New -078

साथै स्वच्छ राधेमाई, राम्रो राधेमाई, हरियो राधेमाई बनाउने नाराका साथ सरसफाई कार्यक्रम सम्पन्न भएको छ । फोहोर व्यवस्थापनको लागि राधेमाई टोलको विभिन्न ठाउँमा डस्टबिनको पनि व्यवस्था गरिएको र अगामी दिनमा अपन राधेमाई युवा क्लबले निरन्तर जनताको सुख दुखमा साथ रहनेछ र रहिरहेको पनि छ, सधैं जनताको सहयोगको लागि हाम्रो क्लब उपस्थित रहनेछ, हामी नामको लागि क्लब खोलेका छैनौ, कामको लागि खोलेका छौ क्लबका अध्यक्ष पवन यादवले बताए ।

8k

सरसफाई कार्यक्रममा अपन रोधमाई युवा क्लबका कोषाध्यक्ष नन्दलाल सराफ, सचिव विनय कुश्वाहा, सह–सचिव आर्यन यादव, सदस्य मुकेश श्रीवास्तव, धीरज पटेल, रुपेश चौरसिया, राजाबाबु चौरसिया, राजीव सराफ, प्रितम गुप्ता, अभिषेक झा लगायतको उपस्थिती रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.