google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

सांसद् यादवको पहलमा जसपा पर्साको विवाद अन्त्य

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

वीरगञ्ज, ५ चैत । जनता समाजवादी पार्टी पर्सा जिल्लामा दुई पक्ष विच रहेको विवाद अन्त्य भएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

प्रतिनिधिसभा सदस्य प्रदीप यादवको विशेष पहलमा जिल्लामा गठित दुई समानान्तर कमिटी बीचको विवाद अन्त्य भएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) यादवले विगत केही दिनदेखि गरिरहेको प्रयास आज सफल भएको छ । उनले आज वीरगञ्जस्थित आफ्नो निजी निवासमा दुवै पक्षलाई बोलाई गराएको बैठकबाट विवाद अन्त्य भएको जनाइएको छ ।

जिल्लामा समाजवादी पार्टीमा दुईवटा समानान्तर जिल्ला समन्वय कमिटी गठन भएको थियो । जिल्ला अध्यक्ष रामनरेश यादवले राम्ररी काम नगरेको आरोप लगाउँदै प्रदेशसभा सदस्य अब्दुल रहीम अन्सारी (मञ्जुर अन्सारी) ले बहुमत सदस्यहरूको सहमतिमा समानान्तर जिल्ला कमिटी गठन गरेका थिए ।

दुई महिनादेखि पार्टीको प्रदेश कमिटीलेसमेत प्रयास गर्दा दुवै पक्षलाई सहमतिमा ल्याउन सकिएको थिएन । प्रदेश कमिटीले कयौँ पटक प्रयास गर्दापनि रामनरेश र मञ्जुर समूहले आफ्नो दावी छाड्न मानिरहेका थिएनन् । तर, सांसद् यादवले दुवै पक्षका नेताहरुसँग विभिन्न चरणमा छलफल गरेर विवादलाई अन्त्य गर्दै पार्टिलाई एक ढिक्का बनाएर अगाडि बढ्न पहल गरिरहेका थिए ।

छलफल पश्चात मञ्जुर समूहले आफ्नो दावी फिर्ता लिँदै रामनरेशलाई जिल्ला अध्यक्षका रूपमा स्वीकार गरेको छ । मञ्जुरले पद भन्दापनि पार्टीको हित महत्पूर्ण रहेको बताउँदै रामनरेशसँगको विवादलाई अन्त्य गरेको सांसद् यादवको स्वकीय सचिव निखिल बरनवालले बताए ।

विवाद अन्त्यसँगै रामनरेश यादवको नेतृत्वमा रहेको पूरानो कमिटीले मान्यता पाएको छ । बैठकले मञ्जुरलाई प्रदेश कमिटीको उपाध्यक्षमा सिफारिस गरेको बरनवालले जानकारी दिए ।

जिल्लामा पार्टीलाई पुन: पहिलो बनाउन काम गर्ने बैठकमा सहभागीहरुले प्रतिबद्धतासमेत गरेका छन् ।

बैठकमा प्रदेशसभा सदस्य सिंहासन साह कलवार,जिल्ला सचिव तबरेज अहमद ,पार्टीको प्रदेश कमिटी सदस्य सलाउद्दिन अहमद, प्रदेश सदस्य गौरी शंकर प्रकाश बैठा राम बड़ाई लगायात को उपस्थिति रहेको थियो ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0