google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

कलैया, बारा ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

त वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका सिम्रौनगढ नगरपालिकाका जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथ ग्रहण तथा स्वागत कार्यक्रममा नेपाली कांग्रेस बाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सपथ लिन नमानेकोले जम्मा २१ जनाले मात्र सपथ लिएका थिए। पालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेस बाहेक सम्पूर्ण वडाध्यक्ष र सदस्यहरु लाई निर्वाचित नगर प्रमुख किशोरी प्रसाद कलवारले सपथ गराएका थिए। बुधबार नगरपालिकाको सभाहलमा नवनिर्वाचित उप-प्रमुख, वडाध्यक्ष र सदस्यहरु लाई पालिका प्रमुख किशोरी प्रसाद कलवार र उप-प्रमुख नजमु शेहरले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

शपथ ग्रहण कार्यक्रम नवनिर्वाचित नगर प्रमुख कलवारको अध्यक्षता तथा उप-प्रमुख शेहरको विशिष्ट आतिथ्यतामा भएको थियो। कार्यक्रममा वडा अध्यक्ष नगरपालिकाको कानूनी सल्लाहकार लगायतकाले आ–आफ्नो मन्तव्य राखेका थिए । सपथ ग्रहण कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रसाशकीय प्रमुख हरिओम प्रसाद जयसवाल, नगरपालिकाका सम्पूर्ण कर्मचारी , सञ्चारकर्मी, सुरक्षाकर्मी, भरभलादमी लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । जनप्रतिनिधिहरु वफादार भएर काम गर्न कार्यक्रमका अतिथिहरुले सुझाव दिएका थिए।

शपथ लिएका सबै जनप्रतिनिधिहरुले ‘म मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु, ईश्वर–देश र जनताको नाममा शपथ लिन्छु कि नेपालको राजकीय र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई पदीय गोपनीयता कायम राखी इमानदारिताका काम साथ गर्नेछु’, जनप्रतिनिधिहरुको सपथमा लेखिएको कुरा भनिएको थियो। नव निर्वाचित नगर प्रमुख किशोरी प्रसाद कलवारले संचारकर्मी संग कुरागर्दै भने आज देखि नगरपालिकाको कृषि मिटर को बिल पालिकाले बेहवर्ने, पालिका भरिको ३२ वटा सामुदायिक विद्यालयमा कक्षा नर्सरी देखी ३ सम्म इंगलिस मेडिएममा भोलि देखि कक्षा संचालन गर्ने हो र उक्त शपथग्रहण गरेका सम्पूर्ण जनप्रतिनिधिलाई एक आपसमा विवाद नगरी सालिनताका साथ अगाडी बढ्ने बताए।

नेपाली कांग्रेसको नेतृत्वमा बनेको उत्कृष्ट संबिधान लाई नेपाली कांग्रेसका जनप्रतिनिधिलेनै लत्याउने गरेका छन् । त्यहि संबिधान अनुसार निर्वाचित भएर शपथ नै नलिन मानि शपथग्रहण कार्यक्रममा नगर प्रमुख संग शपथ नखाने अडान राखेका छन्। जबकी संविधानको धाराहरुमा प्रमुखले नै अन्य पदका पदाधिकारी लाई शपथ गराउने व्यवस्था रहेको छ ।

शपथ नखाएका जनप्रतिनिधि माथि के असर पर्ने

स्थानीय सरकार संचालन ऎन १०९को उप नियम २ बमोजिम उपाध्यक्ष, अध्यक्ष, वडा अध्यक्ष र सभाका सदस्यले अध्यक्ष वा प्रमुखले सपथ लिएको सात दिन भित्र सम्बन्धित अध्यक्ष वा प्रमुख समक्ष अनुसूची -२ बमोजिमको ढाँचामा पद तथा गोपनियताको शपथ लिनु पर्ने व्यवस्था रहेको छ। स्थानीय तह निर्वाचन नियमावली २०७३को नियम ३३क.अनुसार शपथ नलिई निर्वाचानमा सहभागी हुन् नपाउने व्यवस्था रहेको छ। यस नियमावलीमा अन्यत्र जनुसुकै कुरा लेखिएको भए तापनि गाउाँसभा नगर सभाको कुनै पदमा निर्वाचित भएको व्यक्तिले ३८क. बमोजिम सो पदकोशपथ नलिए सम्म नगर सभम गाउाँ कार्यपालिका तथा नगरकार्यपालीकाको महिला र दलित वा अल्पसंख्यक सदस्यको निर्वाचन तथा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवार हुन, उम्मेदवारीको प्रस्तावक वा समर्थक तथा मतदान गर्न नपाउने तथा कुनै प्रकारको कार्यभारको उत्तराधिकारी हुन् नपाउने व्यवस्था रहेको छ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0