सिम्रौनागढ़ सामाजिक संदेश

प्रेस युनियन बाराले स्थापना दिवसको उपलक्ष्यमा अमृता अनाथ आश्रममा खाद्यान्न सहयोग

Pacharauta covid new -078
Holi Suvarn 078

प्रभु यादव, कलैया, बारा ।

बाराको कलैयामा प्रेस युनियनले स्थापना दिवसको उपलक्ष्यमा अमृता अनाथ आश्रममा खाद्यान्न सहयोग गरेको छ ।  बारा शाखाले कलैया उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको अमृता अनाथ आश्रममा एक कार्यक्रमको आयोजना गरि असाय बालबालिकाहरूको लागि खाद्यान्न सहयोग गरेको छ । एक क्युन्टल चामल ३० किलो दाल , पाच किलो तोरीको तेल , फलफुल र जुसहरू सहयोग गरेको छ ।

Simraun gadh Covid New -078

खाद्यान्न सहयोग कार्यक्रम प्रेस युनियन बारा शाखाको अध्यक्ष श्यामबाबु यादवको सभापतित्वमा भएको जसमा बारा नागरिक समाजको अध्यक्ष उमेशलाल दास, वरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठ, पत्रकार महासंघ बारा शाखा अध्यक्ष रेशम तिवारी लगायतकाले असाहाय बालबालीहरूलाई सहयोग गर्नु मानव सेवाको पहिलो सहयोग रहेको बताए । कार्यक्रममा अमृता अनाथ आश्रमका फुलमती बस्नेत, गोबर्धन बस्नेत, पत्रकार सिकेन्द्र पासवान, राकेश पाण्डे, सुजित अर्याल, गणेश अर्याल लगायतका संचारकर्मीहरूको सहभागिता रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.