सिम्रौनागढ़ सामाजिक संदेश

नेता फैयाजले १५ हजार मास्क सहित सुरु गरे गाउ गाउमा सचेतनता अभियान

नेता फैयाजले १५ हजार मास्क सहित सुरु गरे गाउ गाउमा सचेतनता अभियान

Pacharauta covid new -078
Holi Suvarn 078

Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / कोरोना महामारी समुदाय स्तरमा ब्यापक भएपछी दिनदिनै जनजिवन कष्टकर भैइरहेको अवस्थालाई मध्यनजर गर्दै जनता समाजवादी पार्टी को तर्फ़ बाट समाजमा सचेतना फ़ैलाउदै युवा नेता मो. फ़ैयाज ले जहदा गाउ पालिकामा मास्क बितरण कार्यक्रम थालेका छन ।

कोरोना महामारी को बारेमा सबै जनमानसलाई थाहा हुदा हुदै पनि गाउ घरका मान्छेहरुले उचित सावधानि नाअपनाउने हुदा बिराटनगर १५ निवासी नेता फ़ैयाजले त्यस्तो समाजमा सचेतनता फ़ैलाउदै यस्तो महामारी को समयमा जति लापर्वाही गरो त्यति संक्रमणको जोखिम उच्च रहन्छ र अहिले को भन्दा भयावह र कष्टकर हुन सक्ने बताउदै सामाजिक दुरी, मास्क, साबुन पानिको सहि सदुपयोग को बारेमा सम्झाउदै मास्क वितरण गरेका हुन । नेता फ़ैयाजले मोरङ्गको जहदा गाउ पालिका को वडा नम्बर १ मा रहेको सृजनसिल युवा क्लब लाई शुक्रवार १ हजार ५ सय थान कपडा बाट निर्मित मास्क बितरण गरेका छन । जहदा गाउ पालिकाकै अन्य वडाहरुमा पनि मास्क बितरण कार्य निरन्तर जारि रह्ने बताउदै अहिले आफ़ु संग १० हजार थान मास्क बितरणको लागी तयारी अवस्थामा रहेको र थप ५ हजार थान मास्क बन्दै गरेको नेता फ़ैयाजले बताउनुभयो ।

लामो समय देखी भएको लकडाउन को कारणले प्रभावित ठाउहरुमा निरंतर रहत बितरण कार्य गर्दै आईरहेका फ़ैयाजले अहिलेको सचेतनता अभियानलाई पनि निरन्तरता दिदै लाने र अहिलेको लागी जहदा गाउ पालिकाको सबै वडा हरुमा १५ हजार थान मास्क बितरण गर्ने लक्षय लिएर अगाडी बढेको बताउनुभयो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.