सिम्रौनागढ़ सामाजिक संदेश

कलैयामा ३ जना महिला सहित ६३ जनाले गरे रक्तदान 

Pacharauta covid new -078
Holi Suvarn 078

 

अनिल पाण्डेय

कलैया बारा

कलैयाको भरतचौकमा आयोजीत रक्तदान कार्यक्रममा ३ जना महिला सहित ६३ जनाले रक्तदान गरेका छन् । कोरोना महामारीको समयमा ब्लड बैकँमा रगतको अभाव भएपश्चात यस कार्यक्रमको आयोजना गरेको हो ।

Simraun gadh Covid New -078

कम्प्युटर एसोसिएसन नेपाल माहासँघ बाराको आयोजनामा सम्पन्न यस कार्यक्रममा गणेश शर्मा को अध्यक्षता रहेको थियो। बारा क्षेत्र​ न ३ ख बाट निर्वाचित प्रदेस सभासद पारस साहको प्रमुख आतिथ्यता रहेको थियो ।

अहिलेको समयमा विश्वभरी नै रक्तको अभाव भईरहेको बेला क्यानले आयोजना गरेको रक्तदान कार्यक्रम धेरै नै सराहनीय कार्य भएकोले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ बाराको सबै सदस्यहरुलाई बधाईको साथै रक्तदान गरी अरुको जिवन रक्षामा निस्वार्थ भावनाले अभिप्रेरित आफ्नो अमुल्य रक्त दान गर्नुहुनेलाई धन्यवाद पनि प्रमुख अतिथि साहले दिनुभएको छ।

रक्तदान गर्ने पृथ्बिराज पाण्डेयले हामि स्वास्थ भएको एक पाउण्ड रक्त दान गर्दा कुनै बिरामीको जिवन बचाउन सकिन्छ यो नै सबैभन्दा ठुलो धर्म हो।कुनै पनि स्वस्थ ब्यक्तिले रक्त दान गर्न सक्छ र रक्त दान गरेको रक्त केहि समयमा आफै‌‌‌ शरिरमा पुर्ती हुने ‌‌‌हुनाले आतिनु नपर्ने अरुसँग आगर्ह पनि गरेकाछन।

सँम्भार:-cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.