सिम्रौनागढ़ सामाजिक संदेश

भाईजान अफ बिरगंजको सहयोगमा मृतक माझीको उद्दार

Pacharauta covid new -078
Holi Suvarn 078

बिरगंज , भदौ २६ गते शुक्रबार ।

Simraun gadh Covid New -078

पर्सा जिल्ला बिरगंज, वडा न.३१ बेल्वाका ३० बर्षिय सतन माझीको आज भाईजान अफ बिरगंजको सहयोगमा उद्धार गरिएको हो भनी भाइजान अफ बिर्गन्ज का अध्यक्ष नौसद अंसारी ले जानकारी गराएका हुन।

ईन्डो नेपाल हस्पिटल प्रा. लि. बिरगंजमा उपचाररत माझीको मृत्य भएको थियो। गरिबी तथा घरायसी अवस्था कमजोर रहेकोले उपचारमा लागेको खर्चको रकम बुझाउन नसकेकोले मृतक माझी को उपचारमा लागेको सम्पुर्ण रकम माफ गर्न लगाई , गाउसम्म पुर्याउन एम्बुलेन्सको समेत व्यवस्था गराइ आफै ले हातोमालो गरी मृतक को सरिर लाई एम्बुलेन्स को सिट सम्म पुर्याई भाईजान अफ बिरगंज का युवा हरू द्धवारा उद्धार गरिएको थियो।

बिरगंज वडा न. ३१ बेल्वा बस्ने अन्दाजी बर्ष ४२ कि लक्ष्मीनिया देबि मुसहरको छोरा अन्दाजी बर्ष ३० को सतन माझीको घरायसी अवस्था निकै कमजोर रहेको र आर्थिक अवस्था कमजोरको कारण बाध्य भएर बिहीबार बिष सेवन गरेको अवस्थामा दिउसो १२ बजे बिरगंजको ईन्डो अस्पतालमा भर्ना भएको र उपचारको क्रममा शुक्रबार बिहान ३ बजे निज माझीको मृत्यु भएको थियो ।

निज मृतकको श्रीमती रफता देबि माझीको ९ महिनाको छोरा र ३ बर्षको छोरी रहेको समेत उपा-अध्यक्ष साहिब खान ले बताए ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.