सिम्रौनागढ़ सामाजिक संदेश

९ सय पिस अवैध लागू औषध सहित १ जना पक्राउ

Pacharauta covid new -078
Holi Suvarn 078
९ सय पिस अवैध लागू औषध सहित १ जना पक्रा
अनिल पाण्डेय
कलैया बारा
Simraun gadh Covid New -078
 विशेष सूचनाको आधारमा ‌हिजो दिउँसो प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलीले लागु औषध सहित एक जना मानिसलाई प्रकाउ गरेको छ।
 जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित हुलाकी राजमार्गमा चेकजाँचको क्रममा भारतीय BR05 V 7804 नम्नरको मोटरसाइकल चलाई आएका जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं. ६ धर्मपुर टोल बस्ने  भोला कुमार यादवलाई शंकास्पद अवस्थामा फेला पारी निजको शरीर समेतको तलासी गर्ने क्रममा निजले पिठ्युमा बोकेको कालो झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध डाइजेपाम-३०० पिस, फेनारगन-३०० पिस र नुफिन-३०० पिस फेला पारी पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
 लागू औषध मुद्दामा निजलाई  सम्मानित बारा जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको  जानकारी जिल्ला प्रहरी प्रबक्ता गौतम मिश्रले दिएका छन।

 

 

सँम्भार:- cinnepal.com

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.