सिम्रौनागढ़ सामाजिक संदेश

सरकारी गाडी दुरुपयोग गरी कर्मचारीहरु जोगबनीसम्म किनमेलको लागी जान पाउने

नागरिकहरु सुचनाको अधिकार बाट पनि बन्चित

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078


पवन शाह
बिराटनगर / नेपाली जनताले हरेक कुरामा सरकारलाई कर तिरेको पैसा बाट तेल हाली सरकारी गाडी दुरुपयोग गर्दै कर्मचारीहरु चोर बाटो भएरै पनि किनमेलको लागी भारतको जोगबनी पुग्छन तर सरकारले गरेको घोषणा अथवा स्थानिय प्रशासनलाई दिएको आदेश कार्यनयन हुने नहुने विषयमा एउटा सार्वजनिक सुचना पनि निकाल्न सक्दैनन भनि स्थानिय प्रसाशन विरुद्ध सिमा क्षेत्रमा आउने हरेक व्यक्ति व्यक्ति बिच चर्चाको विषय बनेको छ ।

सर्वसाधारण नागरिक हरुको बुझाई अनुसार मन्त्रीपरिषद ले गरेको निर्णय अनुसार बिहिवार नै भारत नेपाल सिमा खोल्नुपर्ने घोषणा भएको भएपनि जिल्ला प्रशासन कार्यालयले किन अटेरी गरेको हो । बिराटनगमा पर्ने नेपाल भारत सिमा नखुल्ने कुरा भएको भए पनि सार्वजनिक सुचना मार्फ़त किन आम नागरिकलाई जानकारी गराईएन ? आखिर के कारणले हरेक कुरामा जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकाय बाट सर्वसाधारणलाई दुख: मात्र दीइन्छ? पत्र पत्रिकाहरु विभिन्न संचार माध्यमहरु मार्फ़त भएको प्रचारबाजी एकैसाथ कसरी गलत भयो भनि । कतै बिराटनगर बजारमा कालो बजारी बढाउन बिराट ब्यापार संघ बाट आउने गरेको दाना पानी को असर हो की भनी सर्वसाधारणहरुको आक्रोश सिमावर्ती एरियामा दैनिक देख्न पाईन्छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.