सिम्रौनागढ़ सामाजिक संदेश

भुत पनि तर्सिने खन्ढर जंगलको बाटो भएर हुन्छ तसकरी

भुत पनि तर्सिने खन्ढर जंगलको बाटो भएर हुन्छ तसकरी

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह,
बिराटनगर / नेपाल भारत सिमा सिल रहेको अवस्थामा पनि प्रहरीलाई छल्दै तसकरी पेसामा संलग्नहरु खन्ढर जंगल बाटो बाट आफ़्नो कार्यलाई निरन्तरता दिदै आईरहेको छ ।

Simraun gadh Covid New -078

इलाका प्रहरी कार्यालय रानी, सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म लगायत जिल्ला प्रहरी कार्यालय मोरङ्गको सादा पोसाकको ब्युरो टोली ले अवैध सर-सामानहरु दिन दिनै पक्राउ गरिरहेको हुनाले तसकरी गर्नेहरुले नया बाटो रोजेको हो । बिराटनगर १६ मा पर्ने दक्षिण गेठ एरियाको घना बस्ती हुदै पारी बाट ल्याएको खाद्यान्न, कपडा, सुर्ति लगायत, औषधि तथा लागुऔषधहरु केही स्थानियहरुको सहयोगमा हुलास चौक र दक्षिण गेठ अन्तिममा रहेको शिव मन्दिरमा बस्ने सुरक्षाकर्मिलाई छलदै १० देखी १५ सेकेण्डको समयमा उक्त जंगल भित्र सामान लैजान सफ़ल हुन्छन ।

लकडाउन अझै जारी रहेपनी दिउसो उक्त ठाउमा चहल पहल राम्रै भैइरह्ने हुनाले मान्छे तथा प्रहरीहरुको चहल पहलको कारणले गर्दा दिउसो अवैध सामान कटाउन गर्हो गार्है हुनेहुनाले रातीको समयमा त्यस्ता कार्य कुसल्ता पुर्वक हुने गरेको छ ।

यसरी हुन्छ तसकरी
बिराटनगर जुटमिल बन्द भएसंगै त्यहा भित्रको ठुलो एरिया अहिले खन्ढरमा परिनत भएको छ । त्यो खन्ढर भित्र पारी बाट आएको सामान दक्षिण गेठ हुदै उक्त सामान प्रवेष गर्न रोड क्रस गरेर मात्र १० देखी १५ सेकेण्ड को समय लाग्छ ।
खन्ढर भित्र छिर्ने दक्षिण गेठ बाट केही बाटोहरु बनेको छ । त्यो बाटो भित्र ८/१० फ़िट अग्लो घना जंगल रहेको छ । पहिले त्यो जंगल र त्यहा भित्रको खन्ढरहरुमा सामान स्टोक गरिन्छ । तसकरहरुको दुईवटा टोली माल पास हुने बाटो मा निगरानि गरिरहेको हुन्छ । उक्त खन्ढर बाट दुर्गा मंदिर नजिक भएर सामान निकालिसकेपछी बिराटनगर जुटमिल पुग्नु भन्दा अगाडी आउने एक गल्ली को बाटो भएर आफ़ुलाई सहज हुने तरिकाले कही कतै कुनै अवरोध न भएपछी त्यहाबाट सहज रुपमा अवैध कारोवार चलिरहेको हो ।अहिले यसरी तस्करी गर्नेहरुले लकडाउन बाट पिडित भएका स्थानियहरुलाई आर्थिक प्रलोभनमा पारेर अवैध धन्दा चलाईरहेका छन ।

सुरक्षाको निम्ति सिमामा खटेको प्रहरी सशस्त्र प्रहरीहरुले दैनिक अवैध रुपमा ल्याउने सामग्रीहरु कपडा, लागुऔषध लगायतका सामानहरु ठुलो परिमाणमा निरन्तर पक्राउ गर्दै आईरहेका छन । त्यसैगरी इलाका प्रहरी कार्यालय रानिको टोलीले बुधनगर इलाका बाट लुकि छिपि साईकलमा ल्याईरहेको ठुलो परिमाणमा अवैध मल पक्राउ गरी भन्सार दाखिला गरेका छन ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.