सिम्रौनागढ़ सामाजिक संदेश

लागुऔषध सहित भारतिय नागरिक पक्राउ

लागुऔषध सहित भारतिय नागरिक पक्राउ

Pacharauta covid new -078
Holi Suvarn 078

पवन शाह
बिराटनगर / भारतबाट प्रतिबन्धित लागुऔषध नेपाल ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरी ले एक भारतिय नागरिकलाई नियंत्रणमा लिएर प्रहरिलाई बुझाएको छ ।

Simraun gadh Covid New -078

सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट जहदा भुटाहा बाट नियमित गरिने मोबाइल गस्तिको क्रममा गाउ देहातको बाटो भएर नेपाल भारत आवत जावत गर्ने स्थानियहरुलाई चेक जाच गर्ने क्रम्मा भारत को जोगबनि बाट नेपालमा प्रतिबन्ध लागुऔषध बोकेर बिराटनगर महानगर पालिका को १८ नम्बर वडामा पर्ने लंका टोलको बाटो भएर आउदै गर्दा लागुऔषध सहित सशस्त्र प्रहरी निरीक्षक जंग बहादुर सिंहको नेतृत्वमा खटेको टोलीले भारतिय नागरिकलाई नियन्त्रणमा लिएको हो । भारतको बिहार राज्य अररिया जिला हरिपुर धर्मशाला १२ बस्ने वर्ष ३६ को दयावल तिवारीलाई साईकलम स्थानिय सरह लागुऔषध लिएर आउदैगर्दा पक्राउ परेको हो । बरामद गरिएको लागुऔषध हरुमा
कोडिन सिरप ३८ सिसी, एस.पि. प्लस ट्याबलेट १४१ थान र नाईट्रोसन ट्याबलेट २८३ थान रहेको सशस्त्र प्रहरी ले बताएको छ ।

दुई थान मोबाईल र केही नगद समेत पक्राउ गरिएको उक्त लागुऔषध सहित तिवारीलाई आवश्यक कार्वाहिको लागी इलाका प्रहरी कार्यालय रानी लाई बुझाएको छ ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.