सिम्रौनागढ़ सामाजिक संदेश

बिओपि जहदा भुटाहा ले समायो २० किलो गाँजा, आवश्यक कार्वाहीको लागी इप्रका रानीलाई बुझाईयो

बिओपि जहदा भुटाहा ले समायो २० किलो गाँजा, आवश्यक कार्वाहीको लागी इप्रका रानीलाई बुझाईयो

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078

पवन शाह
बिराटनगर / सशस्त्र प्रहरीले गस्तिको क्रम्मा २० किलो लागुऔषध गांजा लोड गरि लगिरहेको एक ट्यामपु सहित एक युवालाई नियंत्रणमा लीइ प्रहरीलाई बुझाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट जहदा भुटाहा बाट सशस्त्र प्रहरी निरिक्षक जंग बहादुर सिंह को नेतृत्वमा आज दिउसोको समयमा निस्केको मोबाइल टोलीले चेक जाचको क्रममा प्रतिबन्धित अवैध लागु औषध गांजा बरामद गरेका हुन । गस्तिको क्रम्मा जहदा गाउ पालिका १ भुटाहा को बाटो भएर सुनसरी बराह गाउ पालिका ७ बस्ने वर्ष ३१ को गणेश राई को २ ह ४२४१ नम्बर को ट्याम्पुमा लादै गरेको गाँजा सहित नियंत्रणमा लिएको हो । नियंत्रित गाँजा र ट्याम्पु सहित राई लाई आवश्यक अनुसंधान तथा कार्वाहीको लागी इलाका प्रहरी कार्यालय रानी लाई बुझाएको हो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.