google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0
Spread the love

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

पवन शाह
बिराटनगर / नेपाल बाट मोटरसाईकल चोरेर भारत को जोगबनीमा बेच्दै गरेको अवस्थामा भरतिय प्रहरीले एक जना नेपाली युवालाई पक्राउ गरी मोटरसाईकल सहित सिमामा खटेको सुरक्षाकर्मी लाई बुझाएको छ ।

google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0

जोगबनिमा भारतीय सुरक्षाकर्मी द्वारा बिराटनगर ५ बस्ने वर्ष २४ को रोजन राई लाई को ३९ प ९०२७ नम्बरको २०० सिसि को बजाज पल्सर एनएस २०० मोटरसाईकल बेच्न लगेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका राई लाई मोटरसाईकल सहित नेपाल भारत सिमा बिराटनगर १६ स्थित दरैयामा बसेको सिमा सुरक्षा बल नेपाल बोर्डर आउट पोस्ट रानी र इलाका प्रहरी कार्यालय रानीको डियुटी कमान्डरलाई आवश्यक कार्वाहीको लागी बुझाएको छ ।

मोटरसाईकलको लक भाचिएको एउटा तारको मदतले मोटरसाईकल चालु र बन्द गर्न सकिने अवस्थामा रहेको र कागज पत्र केही पनि नभएको उक्त मोटरसाईकल र राई लाई दरैया मा खटेको सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय रानीको डियुटी कमान्डरले समन्वय गरी आवश्यक अनुसंधान तथा कार्वाहीको लागी इलाका प्रहरी कार्यालय रानीलाई जिम्मा लगाएको छ ।


Spread the love
google.com, pub-8609081820817420, DIRECT, f08c47fec0942fa0