सिम्रौनागढ़ सामाजिक संदेश

साना हाथहरु नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्र द्वारा कम्बल वितरण

साना हाथहरु नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्र द्वारा कम्बल वितरण

Pacharauta covid new -078
Holi Suvarn 078
Simraun gadh Covid New -078


पवन शाह
बिराटनगर / समाजमा मानव बेचबिखन, महिला हिंसा, बालबालिका तथा जेस्ठ नागरिकको समस्याहरुको बिषयमा बताउदै साना हाथहरु नेपाल र सामुदायिक प्रहरी सेवा केन्द्रले बुधवार झटियाहीमा ब्लान्केट बितरण गरेका छन ।

सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी र साना हाथहरु नेपाल बिराटनगरले बिराटनगर महानगर पालिका को १८ नम्बर वडा संग समन्वय गरी महेश्वरी समाज बिराटनगरको सहकार्यमा आयोजना गरिएको उक्त कम्बल बितरण कार्यक्रम बिराटनगर १८ को झटियाहीमा बिराटनगर महानगर पालिका १८ नम्बर को वडा अध्यक्ष राजदेव यादव तथा प्रहरी नायब निरिक्षक लोक दर्शन थापाको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको हो । उक्त कम्बल बितरण कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनीकी अध्यक्ष मिना जोशी, महिला बाल बालिका तथा जेस्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरिक्षक एल्जीना राई, महेश्वरी समाज बिराटनगर प्रमुख नन्द किशोर राठी र १८ नम्बर वडा को वडा सचिव शम्भु साह समेतको सहभागीता रहेको थियो ।

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.