

पवन शाह
बिराटनगर / जाडोको मौसममा बिराटनगरमा सितलहले कम्जोर आर्थिक स्थिति भएका वृद्ध वृद्धा हरुलाई यो सरद मौसमबाट जोगाउन नेपाली कांग्रेस जिल्ला सदस्य तथा समाजसेवी राजेश गुप्ताको अगुवाईमा राजेश लखौटिया द्वारा न्यानो कम्बल ब्लान्केट बितरण गरिएको छ ।

महामारीका बेला धेरै को आर्थिक अवस्था नाजुक भएको र त्यसमा पनि शरद मौसममा वृद्ध वृद्धा जेस्ठ नागरिकहरुलाई केही हद सम्म राहत प्रदान गर्न र लामै समय संघर्ष गरी गरिबिको रेखामा बसेर पनि समाज बनाउन र समाजमै टिकिरहेका जेस्ठ नागरिकहरुको आशिर्वाद पाउन लायन्स क्लब अफ़ बिराटनगर को ५०औ वर्ष पुगेको संदर्भमा दुई राजेश गुप्ता र लखौटियाले कम्बल बितरण गरेका हुन ।
यो जाडो याममा सितलहर संगसंगै एकाएकी बढेको जाडोमा केही ठाउहरुमा आगो तापन काठ दाउरा समेत बाडेका समाजसेवामा सक्रिय नेपाली कांग्रेस जिल्ला सदस्य तथा मोरङ्ग क्षेत्र नम्बर ५ का प्रदेश सभा उमेदवार राजेश गुप्ता प्रदेश सभाको निर्वाचनमा थोरै मतले पराजित भएपनि सदैव आफ़्नो क्षेत्रमा मात्र नभैइ विभिन्न ठाउहरुमा समस्यामा परेकाहरुको समस्या सामाधानको निम्ति अहोरात्र लागीपरेको देख्न सकिन्छ । सायद यही कारणहरुले गर्दा होला चुनावमा निर्वाचित नभएपनी गुप्तालाई चिन्ने, मान्नेहरुले गुप्तालाई माननिय भनेरै सम्बोधन गरिरहेका हुन्छन । गुप्ताको पहुचमा आएका पिडितहरुको समस्यालाई गुप्ताले पहिलो प्राथमिकतामा राखेर सहियोगी भावनाका साथ सामेल भैइरहेकोले गर्दा पनि गुप्ता आफ़्नो क्षेत्रमा सबैको मनमा घर बनाउन सफ़ल भएका छन ।