सिम्रौनागढ़ सामाजिक संदेश

भारतले नेपाललाई दिएको सहयोग स्वागतयोग्य : सांसद् यादव

Pacharauta covid new -078
Holi Suvarn 078

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले भारतद्वारा नेपाललाई गरिएको कोरोना खोप सहयोग प्रसंसनीय भएको बताएका छन् ।

सांसद् यादवले समाजिक सञ्जाल फेसबुक मार्फत भारतले गरेको सहयोगको प्रशंसा गरेका हुन् ।

Simraun gadh Covid New -078

एउटा छिमेकिभन्दा पनि असल हितैसीको रुपमा भारतले नेपाललाई कोरोना विरुद्धको खोप उपलब्ध गराएर दुवै देशबीचको एतिहासिक तथा नागरिक नागरिक बिचको सम्बन्धलाई झन् प्रगाढ बनाएको सांसद् यादवको भनाई छ ।

भारतले बिहीबार नेपाली लाई १० लाख डोज कोरोनाको खोप उपलब्ध गराएको थियो ।

सांसद् यादवले नेपाल-भारत बीचको सम्बन्ध कुटनीतिक मात्र नभएर एतिहासिक र सांस्कृतिक भएको बताउँदै भारतले नेपाललाई आवश्यकता परेको बेला जहिलेपनि सहयोग गर्ने गरेको बताएका छन् ।

पोष्टमा सांसद् यादवले खुसी व्यक्त गर्दै लेखेका छन, ‘छिमेकी मित्र राष्ट्र भारतले नेपाललाई कोरोना बिरुद्धको १० लाख डोज खोप उपलब्ध गराउन लागेको थाहा पाउदा अत्यन्त खुसी लागेको छ । एउटा छिमेकीभन्दा बढी असल हितैसीको रुपमा भारतले नेपाललाई यो सहयोग उपलब्ध गराएर दुबै देशविच रहेको रोटीबेटीको सम्बन्धलाई अझ प्रगाढ बनाएकोमा भारत सरकार लाई धन्यवाद तथा आभार व्यक्त गर्दछुँ ।’

Baragadhi Chhath 078

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.